च्याम्पियन्स लिगः म्यानचेष्टर युनाइटेडको लगातार चौथो जित

कात्तिक १५ । लगातार चौथो जित हात पारेर पनि इंगलिस क्लब म्यानचेष्टर युनाइटेडले च्याम्पियन्स लिगमा नकआउट पुग्न अझै १ अंक जोड्नुपर्ने भएको छ।

गएराती भएको खेलमा वेनफिकालाई २–० ले पराजित गर्दै ४ खेलबाट १२ अंक जोडेको युनाइटेड समूह ‘ए’ को शीर्ष स्थानमा छ। तर अर्को खेलमा सिएसकेए मस्कोले बासेलले २–१ ले हराएपछि युनाइटेडले कुर्नुपर्ने भएको हो । बाँकी दुई खेलबाट १ अंक जोडेपनि युनाइटेड प्रिक्वाटरमा पुग्नेछ।

युनाईटेडलाई जित दिलाउन डाले ब्लाइण्डले एक गोल गरे भने वेनफिकाका गोलरक्षक मिल स्लिभरले आत्मघाती गोल उपहार दिए ।

युनाइटेड गत सिजन युरोपा लिग जित्दै च्याम्पियन्स लिगमा छनौट भएको थियो ।

बासेललाई हराएपछि मस्कोले पनि ४ खेलबाट ६ अंक जोडेको छ। हारपछि पनि ६ अंकरहेको बासेलको गोल अन्तरमा अगाडी रहदै दोस्रो स्थानमा छ। लगातार चौथो हारपछि वेनफिका अंकविहिन छ। एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: