वाम गठबन्धनका विद्यार्थी संघसंगठनको विशेष पत्रकार सम्मेलन

काठमाडौं, कात्तिक १५ । वाम गठबन्धनका विधार्थी संघसंगठनले संयुक्त राजनीतिक प्रशिक्षण र पत्रकार सम्मेलनको आयोजना गरेका छन ।

माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अन्नत’ र एमालेका नेता शंकर पोखरेलले वाम गठबन्धनका विद्यार्थीहरुलाई राजनीतिक प्रशिक्षण दिने अनेरास्ववियुका सचिव आरसी लामिछानेले एभरेष्ठ दैनिकलाई जानकारी दिए ।

याे पनि पढ्नुस  दोलखामा एमाले अखिलद्वारा आक्रमण

पत्रकार सम्मेलनमा वाम गठबन्धनलाई विजयी गराउन विद्यार्थीहरुको संयुक्त चुनाबी अभियान परिचालन समिति गठन लगायतका विषयमा जानकारी गराउने अनेरास्ववियुका सचिव  लामिछानेले बताए ।

माउ पार्टीले चुनाबी तालमेलसँगै पार्टी एकताको घोषणा गरे लगत्तै तिनका भ्रातृ संगठनहरुले पनि बैठक बसेर आगामी मंसिरमा हुने निर्वाचनमा वाम गठबन्धनलाई अकित्तर स्थानमा विजयी बनाउने भन्दै संयुक्त चुनाबी अभियान परिचालन समिति बनाउन थालेका छन ।

याे पनि पढ्नुस  स्ववियू चुनावमा क्रान्तिकारीको अग्रता, हालसम्म २२ स्थानमा विजयी

यसअघि एमाले र माओवादी केन्द्रका युवा संगठन युवा संघ नेपाल र वाइसीएल नेपाल संयुक्त चुनाबी अभियान परिचालन समिति बनाइ सकेका छन ।

त्यसैगरी दुबे दलका निकत पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले पनि संयुक्त बैठक बसि चुनाबी अभियान परिचालन समिति गठन गरी सकेका छन ।

कमेन्ट गर्नुहोस्