Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

वाम गठवन्धनले झापा ३ मा राप्रपाका लिङ्देनलाई समर्थन गर्ने

काठमाडौं, कात्तिक १५ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचनमा झापा ३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई सघाउने निर्णय गरेका छन् ।

झापा ३ मा राप्रपालाई सघाएबापत राप्रपाले मेची अञ्चलभर वाम गठबन्धनलाई सघाउने सहमति भएको माओवादीका एक नेताले बताए ।

कांग्रेस र राप्रपाबीच तालमेल गर्ने सहमति भएको झापा ३ मा राप्रपा नेता लिङ्देनलाई उम्मेदवार बनाउने सुरुको सहमति उल्ट्याउदै कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई उम्मेदवारको रुपमा अघि सारेपछि राप्रपा–कांग्रेसको सम्वन्ध विग्रिएको हो ।

झापा ३ मा राप्रपाका लिङ्देन र कांग्रेसका सिटौलाबीच चुनावी भिडन्त हुने भएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: