एनएमबी बैंकको ३५ वर्षे घरकर्जा योजना

काठमाडौं, कार्तिक १५ । एनएमबी बैंकले घर बनाउन अथवा नयाँ घर—जग्गा किन्नका लागि ३५ वर्षे लामो समय अवधि भएको आर्कषक घरकर्जा योजना ल्याएको छ ।

यस घरकर्जाको मुख्य बिशषता निम्न तथा मध्य आय भएका ग्राहकहरुलाई आफ्नो सपनाको घर बनाउन कम आर्थिक भार परोस भन्ने रहेको बैंकले जनाएको छ । अतुलनिय ब्याज दर, न्युनतम मासिक किस्ता, तथा लामो समय अबधि भएकाले समग्र ग्राहकवर्गलाई समेट्ने बैंकको विश्वास रहेकोे छ ।

३५ वर्षे लामो समय अवधि भएको यो योजना नेपाली बैकिङ्ग क्षेत्रमै पहिलो तथा नौलो रहेको बैंकले जनाएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्