डडेल्धुरा, कात्तिक १५ । नव निर्वाचित गाउँपालिका अध्यक्षको मदिरा निषेध गर्ने घोसषाबाट दुई लाखको राजस्व उठेको छ ।
डडेल्धुराको अजयमेरु गाऊँपालिकामा दुई लाख बढी रकम जरिवाना बाट उठेको अध्यक्ष उमेश भट्टले बताए ।
“निर्वाचित भए लगत्तै गाऊँपालिकालार्इ मदिरा मुक्त क्षेत्र घोषणा गरेका हौ” भट्टले भने “चोरीछिपी बेचनेहरुमाथि कारवाही गर्दा जरिवाना रक़म २ लाख उठेको छ”
गाऊँपालिकामा मदिरा सेवन महामारी जस्तै बनेकोले निषेध गर्नुपरेको उनले बताए । त्यसै पनि आर्थिक अवस्था कमज़ोर हनेक, त्यसमा झनरक्सीको लत लागेपछि कतिपय परिवार झन गरीब हुने र यसको मार महिला तथा बालबालिकामा पर्ने गरेको भट्टले बताए ।
अहिले मदिरा बिक्री तथा सेवन धेरै कमी आएको उनको भनाइ थियो ।