पाँच वर्षमा वार्सिलोनाले पहिलो चोटी गोल गर्न असफल

कार्तिक १५ । वार्सिलोना च्याम्पियन्स लिगको समूह चरणमा पछिल्लो पाँचवर्षमा पहिलो पटक गोल गर्न असफल भएको छ।

लिगअन्तर्गतको मंगलबार राति भएको खेलमा ओलम्पियाकससँग बराबरीमा रोकिएसँगै पहिलोपटक बार्सिलोना समूहचरणमा गोलविहिन बनेको हो ।

सन् २०१२मा बेन्फिकासँग समूह चरणमा गोल गर्न नसकेको बार्सिलोनाले त्यसयता समूहचरणमा गोलविहिन बन्नु परेको थिएन्। तर, मंगलबार राति ओलम्पियाकससँग बार्सिलोना गोलरहित बराबरीमा रोकियो ।

याे पनि पढ्नुस  बार्सिलोनासँग ६–१ ले हारेपछि पिएसजीका खेलाडी संकटमा

बराबरीसँगै समूह डी मा रहेको वार्सिलोनाको १० अंक छ। ओलम्पियाकससँगको जितले वार्सिलोनालाई अन्तिम १६ मा प्रवेश गराउने थियो तर बराबरीसँगै वार्सिलोनाले अर्को चरण प्रवेश गर्न अर्को खेल कुर्नुपर्ने भएको छ। एजेन्सी

कमेन्ट गर्नुहोस्