Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

वायुमण्डलमा तापक्रम वृद्धि गराउने मिथेन ग्यासको मात्रा उच्च हुँदा वैज्ञानिकको चिन्ता

काठमाडौं, कात्तिक १३ । गतवर्ष विश्वको वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा अहिलेसम्मकै उच्च रहेको पाइएको छ । विश्व मौसम संघ डब्लुएमओका अनुसार सन् २०१६ मा वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा ४ सय ३ दशमलव ३ पिपिएम पुगेको हो ।

सन् २०१५ मा वायुमण्डमा कार्बनडाइअक्साइडको मात्रा ४ सय पिपिएम थियो । यो वृद्धि गएको १० वर्षको औषत वृद्धिको ५० प्रतिशत उच्च रहेको डब्लुएमओले जनाएको छ ।

मानवीय गतिविधि साथै एल निनोको प्रभावका कारण कार्बनडाइअक्साइडको मात्रा गएको ८ लाख वर्ष यताकै उच्च भएको हो । डब्लुएमओले ५१ वटा देशमा गरेको अध्ययनबाट निष्कर्ष निकालेको हो ।

कार्बनडाइअक्साइडको मात्रा बढेसँगै विश्वको तापमान बढ्न नदिने लक्ष्य पूरा गर्न कठिन भएको छ ।

यस्तै वायुमण्डलमा तापक्रम वृद्धि गराउने मिथेन ग्यासको मात्रा पनि उच्च दरमा बढेकोमा वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: