मानिसले जम्मा गरेका खानेकुरा चोरिदिने, खाइदिने तथा अन्य सामानहरु समेत नष्ट गरिदिने बानी हुन्छ, मुसाको ।
निकै बाठो हुने भएकाले मुसाले बदमासी गरेर उम्किहाल्छ । तर, कहिलेकाहिँ नराम्रोसँग फन्दामा पर्छ । हालै भारतमा एउटा मुसा यसैगरी फन्दामा परेको छ ।
उक्त मुसाले यस्तो यातना पाएको छ कि त्यो साँच्चीकै दयालाग्दो छ । अनि मुसालाई यातना दिने त्यस्तो तौरतरिका चाहिँ दुनियाँमै सायद पहिलो पटक होला भारतको कर्नाटकस्थित मिजोरमा बस्ने मेलाहल्ली रमन्नाले आफ्नो पसलबाट दिनहुँ विभिन्न खानेकुरा चोर्ने र खाइदिने मुसालाई एकदिन पक्रिन सफल भए ।
मुसालाई पक्रिसकेपछि उनले त्यसलाई तत्कालै मारेनन् । उनले मुसाका चारै खुट्टा बाँधेर यसरी यातना दिएकी साँच्चीकै अनौठो लाग्दछ । एउटा बोतलमा चार खुट्टा बाँधेर उनले मुसालाई गाली गर्दै सानो छेस्कोले हिर्काइरहेका छन् । मुसाले पनि निकै दयालाग्दो गरी हेरिरहन्छ र च्वाँच्वाँ गर्दछ ।
मुसामाथि उनले यातना दिइरहेको भिडियो तथा फोटोहरु सोसल मिडियामा भाइरल बनिरहेका छन् । धेरै मानिसहरुले मुसामाथि गरिएको ज्यादति तथा यातनाको विरोध गरेका छन् । एजेन्सी