‘अबको ५० वर्ष वामपन्थी सरकार’

ताप्लेजुङ, कात्तिक १५ । एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले अबको ५० वर्षसम्म वामपन्थी शक्तिले सरकार चलाउने दावी गरेका छन् ।

बुधबार ताप्लेजुङमा पत्रकारसँग कुरा गर्दै भट्टराईले देशभर चलिरहेको वाम गठबन्धनको चुनावी लहर र एकताको कारण प्रदेशसभा र प्रतिनिधिसभा मात्र नभई ५० वर्षसम्मका सबै चुनाव वामपन्थीहरुले नै जितेर सत्ता चलाउने वाताबरण बनेको भट्टराईको दावी छ ।

२००७ सालदेखि अधिकत्तर समय नेपाली कांग्रेसले सत्ता सञ्चालन गरे पनि देशमा आर्थिक र सामाजिक रुपान्तरण गर्न नसकेकाले नै विकास र समृद्धिका लागि कम्युनिष्टको सरकार चाहिएका बताएका छन ।

विकट जिल्ला भनेर चिनिएकाले ताप्लेजुङलाई नमूना जिल्लाको रुपमा विकास गर्ने लक्ष्य आफूले लिएको भट्टराईले बताए ।

ताप्लेजुङलाई केन्द्र बनाएर चीन–नेपाल–भारत त्रिदेशीय व्यापारको सम्भावना रहेको बताउदै उनले आफ्नो पहिलो प्राथमिकता चीन जोड्ने सडकको निर्माण गर्ने रहेको बताए । गाउँ–गाउँसम्म सडक सञ्जाल विस्तार र शिक्षामा सबैको पहुँच पुर्याउनु पनि उत्तिकै प्राथमिकताको विषय रहेको उनको भनाइ छ ।

उनले जिल्लामा एमाले–माओवादी केन्द्रसँग मात्र नभई सबै राजनीतिक दलका उच्च नेता सँगको सल्लाहबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएको बताए ।

एमाले सचिव भट्टराई यसअघि काठमाडौंबाट चुनाब लड्दै आएका थिए । पहिलो पटक भट्टराई गृहजिल्ला ताप्लेजुङबाट उम्मेदवार बनेका हुन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: