निर्वाचन सार्ने कुनैपनि गतिविधि नगर्न सरकार र कांग्रेसलाई एमाले अध्यक्ष ओलीको चेतावनी

काठमाडौं, कात्तिक १५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सार्ने कुनै पनि खालका गतिविधि नगर्न सरकार र सत्तारुढ कांग्रेसलाई चेतावनी दिएका छन ।

अध्यक्ष ओलीले लोकतन्त्रको मसिहा ठान्ने कांग्रेसले लोकतान्त्रिक प्रक्रियाबाट वाम गठबन्धन बन्दा आत्तिन नहुने बताए । बाम गठबन्धन लोकतान्त्रिक प्रक्रियामार्फत् बनेको तर्क गर्दै त्यसबाट नआत्तिन पनि नेपाली कांग्रेसलाई सचेत गराए ।

बुधबार जनमोर्चा नेपाल र जागरण परिषदका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै अध्यक्ष ओलीले लोकतन्त्रलाई सुदृढ बनाउँदै मुलुकलाई समृद्ध बनाउन बाम गठबन्धन गर्नुपरेको पनि दावी गरे ।

अध्यक्ष ओलीले नेकपा एमालेले देश र जनताको हितप्रति समर्पित भएर बाम दलहरुलाई एकतावद्ध बनाउने अभियानको नेतृत्व लिएको दावी पनि गर्नुभयो । उहाँले कुनै निजी वा वैयक्तिक स्वार्थ लेनदेनको आधारमा वाम गठबन्धन नबनेको पनि स्पष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले पार्टीमा विलय भएको जनमोर्चा नेपाल र जागरण परिषदका नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिने आश्वास पनि दिनुभयो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: