सर्वोच्चद्वारा रिटमा अन्तरिम आदेश दिन अस्वीकार, अदालतकै कारणले चुनाब प्रभावित नहुने

काठमाडौं, कात्तिक १५ । चुनाव रोक्न आदेश माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरिदिएको छ ।

विभिन्न बाहाना देखाउँदै चुनाव रोक्न परेका छुट्टा छुट्टै ५ वटा रिटमा एकै पटक सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सुनीलकुमार पटेल, भरतकुमार मैनाली, सर्वेन्द्रनाथ शुक्ला र सीताराम अग्रवाल लगायतले छुट्टाछुट्टै दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईले अन्तरिम आदेश दिन अस्वीकार गरेका हुन् ।

सानातिना, कानुनी र व्यावहारिक कारण देखाई चुनाव रोकिने परिस्थिति बन्नु लोकतन्त्रको हितमा नहुने भन्दै निर्वाचन प्राणाली रोक्न नहुने आदेश सर्वोच्चले दिएको छ ।

अब अदालतका कारणले निर्वाचन रोकिने सम्भावना तत्कालका लागि टरेको छ । सर्वोच्च अदालतले मतपत्र छपाइका सम्बन्धमा निर्वाचन आयोगसँग प्रगति विवरण मागेपछि अव चुनाब के हुने हो भन्ने शंका उत्पन्न भएको थियो ।

सर्वोच्च अदालतमा निर्वाचन रोक्न मतपत्रका सम्बन्धमा एकपछि अर्को गर्दै रिट दायर भएपछि आम नागरिकमा अदालतकै कारण आसन्न निर्वाचन प्रभावित हुन त होइन भनी शंका उत्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: