काँग्रेस कञ्चनपुरले किसानलार्इ धान चुट्नबाट बञ्चित गर्यो

कन्चनपुर, कात्तिक १६ । नेपाली काँग्रेसका सभापति एव प्रधानमन्त्री शेर बहादुर देउवा र कञ्चनपुरका अर्का काँग्रेसका नेता दिवान सिह विष्टको ठाडो निर्देशनमा कञ्चनपुरका आरक्ष पीडितलाई धान चुट्नबाट बञ्चित गराएको छ । स्थानीय तह निर्वाचनमा काँग्रेसलाई भोट नदिएको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा समेत काँग्रेसलाई भोट नदिने भन्दै काँग्रेस सभापति एव प्रधानमन्त्री देउवा र काँग्रेस नेता विष्टको ठाडो निर्देशनमा पीडितलाई धान चुट्नबाट बञ्चित गरेको हो ।

उनीहरु दुवैले सत्ताको दुरुपयोग गर्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख बेद कुमार ढकाललाई ठाडो निर्देशन दिदै कुनै पनि हालतमा पीडितलाई मेसिनबाट जोत्न र धान चुट्न नदिन दवाव दिएको कर्मचारी स्रोतले जनाएको छ । पीडितलाई मेसिनबाट धान चुट्न र जोत्न दिएको खण्डमा प्रमुख संरक्षण अधिकृतको सरुवा गरिदिने चेतावनी दिएपछि शुक्लाफाँटा निकुञ्ज कार्यालय कञ्चनपुरका प्रमुख ढकालले सरुवाको डरले पीडितलाई धान चुट्न नदिन सेना लगाएका छन् ।

शुक्लाफाँटा निकुञ्जले यस बर्ष धानखेतीदेखि कञ्चनपुरको लालझाँडी गाउँपालिका–१ ढक्का शिबिरमा बस्दै आएका पीडितलाई मेसिन अर्थात थ्रेसरबाट धान चुट्न रोक लगाएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले सेना लगाएर पीडितलाई धान चुट्न नदिएपछि काटेको धान खेतमै कुहिन लागेको पीडितले बताएका छन् । आरक्ष पीडितले सडकमै धान चुट्न बाध्य भएका छन् । कृषिमा आधुनिक प्रविधिको विकास गर्न सरकारले प्रोत्साहन गर्नुको साटो पीडितलाई मेसिनबाट धान चुट्न बन्देज लगाएको बिरोधमा बेलौरी–कलुवापुर सडकखण्ड ढक्का सडकमा धान तेस्याएर चुटेका हुन् । दशकदेखि नियमित ढक्का शिबिरमा मेसिनबाट धान चुट्ने र खेत जोत्दै आएका पीडितले यसबर्षदेखि सरकारले धान चुट्नबाट रोकेर मानव अधिकारको उलङघन गरेको दुखेसो पोखेका छन् ।

निकुञ्ज पीडित महिला खेमादेवी कार्कीले सरकारले पीडितमाथी फेरी दमन गर्नका लागि काटेको धान खेतमै थन्किएको बताए । ‘यो देउवा सरकारले हामीले डेढ वर्ष पहिले विस्थापित गरेको हो, ‘उनले भने, ‘आज देउवा फेरी सरकारको नेतृत्वमा छन्, त्यसकै उपज हामीमाथी दमन भईरहेको छ ।’

जनआन्दोलन पछि ढक्का शिबिरमा बसेको बताउदै उनले देउवा अधिसम्मका कुनै पनि सरकारले पीडितप्रति कुभलो नचिताएको उनको दुखेसो छ । धान चुट्न नपाएका कारण दशैँ, तिहार पनि खल्लो भएको उनको भनाई छ । ‘डेढ दशक पहिले यि नै देउवाले हाम्रो विचल्ली बनायो, आज फेरी पीडितमाथी दमन गर्दै छन्, उनले भनिन्, ‘हे भगवान यो देउवाले हाम्रो सन्तानको पेटमा लात हान्यो ।’ अर्का पीडित गोपाल सिह धामीले आफ्नै सुदूरपश्चिमका प्रधानमन्त्री हुँदा समान्य थ्रेसरबाट धान चुट्न नपाएको दुखेसो पोखे ।

‘जसले हाम्रो विचल्ली बनायो, ‘उनले भने, ‘आज उनै नेता सरकारमा हुँदा हाम्रो खेतको धान खेतमै छ ।’ धान चुट्दा सेना लगाएर रोक्ने काम निन्दनिय भएको बताउदै उनले देउवा सरकारले फेरी पीडितमाथी गोली बर्साउन लागेको आरोप लगाए । भोट माग्ने बेला नेताहरुले समस्या समाधान गरिदिउँला भनेर मागेको र आज सरकार नेतृत्व लिएपछि हाम्रो विचल्ली बनाउन लागेको उनले बताए । शुक्लाफाँटा निकुञ्ज पीडित दल बहादुर विकले भदौँ–साउनमा काटेको धान देउवा सरकारले चुट्न नदिएको दुखेसो पोख्नुभयो ।

‘खेतमै धान कुहिन थाल्यो मुसाले खाईदियो र हात्तीले नष्ट पनि गरिदियो , ‘उनले भने, ‘बाँकी रहेको धान गाउँमा लगेर चुट्दैछौँ ।’ देउवा सरकारको बिरोध स्वरुप सडकमै धान चुटेकोउनको भनाई छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले धान र खेत जोत्न नदिएको भन्दै सरकारबाटै मानव अधिकारको उलङघन भएको बताए । ‘हाम्रो उतीबेला सरकारले भएको सम्पत्ती खोसेको हो, ‘उनले भने, ‘आज पुर्नस्थापना गर्नुको साटो उल्टै बाली चुट्न समेत दिन लागेको छैन् ।’ गत असोज २९गते विश्व खाद्य दिवसकै दिनदेखि धान चुट्न नदिएको अध्यक्ष भण्डारीले बताए । मेसिनबाट धान चुट्न माग गर्दै प्रशासन निकुञ्ज कार्यालयमा पहल गर्दा समेत सरकारी निकायले माथि सरकारको आदेश भन्दै रोक्दै आएको बताए । सरकारले नागरिकलाई सेवा सुविधा दिनुको साटो उल्टै भोकमरीको सिर्जना गरिरहेको अध्यक्ष भण्डारीको भनाई छ ।

हरेक निर्वाचनमा दलहरुले पुर्नस्थापनाको आवश्वासन दिएपनि सरकारमा गएपछि पीडितका समस्या भुल्ने गरेको उनको दुखेसो छ । आरक्ष विस्तारका क्रममा देउवा नेतृत्वकै सरकारले सेना लगाएर जनताको काँधमा बन्दुक पडकाउदै घरमा आगो हात्ती लगाएर जबरजस्त विस्थापित गरेको र अहिले पुनः देउवा सरकारमा हुँदा पीडितमाथी दमन गरिरहेको पीडितको आरोप छ ।

शुक्लाफाँटा निकुञ्ज कार्यालय कञ्चनपुरका प्रमुख बेद कुमार ढकालले घुमाउरो पारामा विभागको निर्देशन अनुसार निकुञ्ज र नेपाली सेनालाई पीडितको शिबिरमा मेसिनरी समाग्रीबाट खनजोत र अन्नबाली चुट्न नदिने निर्देशन अनुसार रोकेको बताएका छन् । १५बर्ष पहिले तत्कालिन शुक्लाफाँटा बन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित गराएका पीडित विस २०६४ सालदेखि ढक्का झुपडी बनाएर बस्दै आएका छन् । पीडितको पुर्नस्थापनाका लागि २९ औँ आयोग बनिसक्दा पनि समस्या उस्तै छ । उनीहरुले सरकारले आफुहरुसंग दानविय व्यवहार गरेको भन्दै सरकारको बिरोध समेत गरेका छन् ।

पीडितले देउवाले हजारौँ परिवारको विचल्ली बनाएको दुखेसो पोख्दै पीडितको बस्तीमा आएर समस्या बुझ्न समेत आग्रह गरेका छन् । काँग्रेस नेताहरुले भोट नदिएको भन्दै पीडितमाथी गरेको क्रुर व्यवहारको चौतर्फि बिरोध भएको छ । विभिन्न मानव अधिकारबादी संघ संस्थाले पनि सरकारले पीडितलाई धान चुट्न नदिएको भन्दै आपत्ती प्रकट गरेका छन् । पीडितको पुर्नस्थापनाको साटो खेतबाट थन्क्याईएको धान चुट्न नदिनु क्रुरुताको पराकाष्ठा भएको बताए । चुनावमा हार्ने झोकले पीडितलाई धान चुट्नबाट बञ्चित गराउनु निन्दनिय भएको सरोकारवालाको भनाई छ काँग्रेस नेता दिवान विष्टको निर्देशनमा कञ्चनपुरका आरक्ष पीडितलाई धान चुट्नबाट बञ्चित गराएको छ ।

नेपाली काँग्रेसका सभापति एव प्रधानमन्त्री शेर बहादुर देउवा र कञ्चनपुरका अर्का काँग्रेसका नेता दिवान सिह विष्टको ठाडो निर्देशनमा कञ्चनपुरका आरक्ष पीडितलाई धान चुट्नबाट बञ्चित गराएको छ ।
स्थानीय तह निर्वाचनमा काँग्रेसलाई भोट नदिएको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा समेत काँग्रेसलाई भोट नदिने भन्दै काँग्रेस सभापति एव प्रधानमन्त्री देउवा र काँग्रेस नेता विष्टको ठाडो निर्देशनमा पीडितलाई धान चुट्नबाट बञ्चित गरेको हो । उनीहरु दुवैले सत्ताको दुरुपयोग गर्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख बेद कुमार ढकाललाई ठाडो निर्देशन दिदै कुनै पनि हालतमा पीडितलाई मेसिनबाट जोत्न र धान चुट्न नदिन दवाव दिएको कर्मचारी स्रोतले जनाएको छ । पीडितलाई मेसिनबाट धान चुट्न र जोत्न दिएको खण्डमा प्रमुख संरक्षण अधिकृतको सरुवा गरिदिने चेतावनी दिएपछि शुक्लाफाँटा निकुञ्ज कार्यालय कञ्चनपुरका प्रमुख ढकालले सरुवाको डरले पीडितलाई धान चुट्न नदिन सेना लगाएका छन् ।

शुक्लाफाँटा निकुञ्जले यस बर्ष धानखेतीदेखि कञ्चनपुरको लालझाँडी गाउँपालिका–१ ढक्का शिबिरमा बस्दै आएका पीडितलाई मेसिन अर्थात थ्रेसरबाट धान चुट्न रोक लगाएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले सेना लगाएर पीडितलाई धान चुट्न नदिएपछि काटेको धान खेतमै कुहिन लागेको पीडितले बताएका छन् । आरक्ष पीडितले सडकमै धान चुट्न बाध्य भएका छन् । कृषिमा आधुनिक प्रविधिको विकास गर्न सरकारले प्रोत्साहन गर्नुको साटो पीडितलाई मेसिनबाट धान चुट्न बन्देज लगाएको बिरोधमा बेलौरी–कलुवापुर सडकखण्ड ढक्का सडकमा धान तेस्याएर चुटेका हुन् । दशकदेखि नियमित ढक्का शिबिरमा मेसिनबाट धान चुट्ने र खेत जोत्दै आएका पीडितले यसबर्षदेखि सरकारले धान चुट्नबाट रोकेर मानव अधिकारको उलङघन गरेको दुखेसो पोखेका छन् ।

निकुञ्ज पीडित महिला खेमादेवी कार्कीले सरकारले पीडितमाथी फेरी दमन गर्नका लागि काटेको धान खेतमै थन्किएको बताए । ‘यो देउवा सरकारले हामीले डेढ वर्ष पहिले विस्थापित गरेको हो, ‘उनले भने, ‘आज देउवा फेरी सरकारको नेतृत्वमा छन्, त्यसकै उपज हामीमाथी दमन भईरहेको छ ।’

जनआन्दोलन पछि ढक्का शिबिरमा बसेको बताउदै उनले देउवा अधिसम्मका कुनै पनि सरकारले पीडितप्रति कुभलो नचिताएको उनको दुखेसो छ । धान चुट्न नपाएका कारण दशैँ, तिहार पनि खल्लो भएको उनको भनाई छ । ‘डेढ दशक पहिले यि नै देउवाले हाम्रो विचल्ली बनायो, आज फेरी पीडितमाथी दमन गर्दै छन्, उनले भनिन्, ‘हे भगवान यो देउवाले हाम्रो सन्तानको पेटमा लात हान्यो ।’ अर्का पीडित गोपाल सिह धामीले आफ्नै सुदूरपश्चिमका प्रधानमन्त्री हुँदा समान्य थ्रेसरबाट धान चुट्न नपाएको दुखेसो पोखे ।

‘जसले हाम्रो विचल्ली बनायो, ‘उनले भने, ‘आज उनै नेता सरकारमा हुँदा हाम्रो खेतको धान खेतमै छ ।’ धान चुट्दा सेना लगाएर रोक्ने काम निन्दनिय भएको बताउदै उनले देउवा सरकारले फेरी पीडितमाथी गोली बर्साउन लागेको आरोप लगाए । भोट माग्ने बेला नेताहरुले समस्या समाधान गरिदिउँला भनेर मागेको र आज सरकार नेतृत्व लिएपछि हाम्रो विचल्ली बनाउन लागेको उनले बताए । शुक्लाफाँटा निकुञ्ज पीडित दल बहादुर विकले भदौँ–साउनमा काटेको धान देउवा सरकारले चुट्न नदिएको दुखेसो पोख्नुभयो ।

‘खेतमै धान कुहिन थाल्यो मुसाले खाईदियो र हात्तीले नष्ट पनि गरिदियो , ‘उनले भने, ‘बाँकी रहेको धान गाउँमा लगेर चुट्दैछौँ ।’ देउवा सरकारको बिरोध स्वरुप सडकमै धान चुटेकोउनको भनाई छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले धान र खेत जोत्न नदिएको भन्दै सरकारबाटै मानव अधिकारको उलङघन भएको बताए । ‘हाम्रो उतीबेला सरकारले भएको सम्पत्ती खोसेको हो, ‘उनले भने, ‘आज पुर्नस्थापना गर्नुको साटो उल्टै बाली चुट्न समेत दिन लागेको छैन् ।’ गत असोज २९गते विश्व खाद्य दिवसकै दिनदेखि धान चुट्न नदिएको अध्यक्ष भण्डारीले बताए । मेसिनबाट धान चुट्न माग गर्दै प्रशासन निकुञ्ज कार्यालयमा पहल गर्दा समेत सरकारी निकायले माथि सरकारको आदेश भन्दै रोक्दै आएको बताए ।

सरकारले नागरिकलाई सेवा सुविधा दिनुको साटो उल्टै भोकमरीको सिर्जना गरिरहेको अध्यक्ष भण्डारीको भनाई छ ।

हरेक निर्वाचनमा दलहरुले पुर्नस्थापनाको आवश्वासन दिएपनि सरकारमा गएपछि पीडितका समस्या भुल्ने गरेको उनको दुखेसो छ । आरक्ष विस्तारका क्रममा देउवा नेतृत्वकै सरकारले सेना लगाएर जनताको काँधमा बन्दुक पडकाउदै घरमा आगो हात्ती लगाएर जबरजस्त विस्थापित गरेको र अहिले पुनः देउवा सरकारमा हुँदा पीडितमाथी दमन गरिरहेको पीडितको आरोप छ ।

शुक्लाफाँटा निकुञ्ज कार्यालय कञ्चनपुरका प्रमुख बेद कुमार ढकालले घुमाउरो पारामा विभागको निर्देशन अनुसार निकुञ्ज र नेपाली सेनालाई पीडितको शिबिरमा मेसिनरी समाग्रीबाट खनजोत र अन्नबाली चुट्न नदिने निर्देशन अनुसार रोकेको बताएका छन् । १५बर्ष पहिले तत्कालिन शुक्लाफाँटा बन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित गराएका पीडित विस २०६४ सालदेखि ढक्का झुपडी बनाएर बस्दै आएका छन् । पीडितको पुर्नस्थापनाका लागि २९ औँ आयोग बनिसक्दा पनि समस्या उस्तै छ । उनीहरुले सरकारले आफुहरुसंग दानविय व्यवहार गरेको भन्दै सरकारको बिरोध समेत गरेका छन् ।

पीडितले देउवाले हजारौँ परिवारको विचल्ली बनाएको दुखेसो पोख्दै पीडितको बस्तीमा आएर समस्या बुझ्न समेत आग्रह गरेका छन् । काँग्रेस नेताहरुले भोट नदिएको भन्दै पीडितमाथी गरेको क्रुर व्यवहारको चौतर्फि बिरोध भएको छ । विभिन्न मानव अधिकारबादी संघ संस्थाले पनि सरकारले पीडितलाई धान चुट्न नदिएको भन्दै आपत्ती प्रकट गरेका छन् । पीडितको पुर्नस्थापनाको साटो खेतबाट थन्क्याईएको धान चुट्न नदिनु क्रुरुताको पराकाष्ठा भएको बताए । चुनावमा हार्ने झोकले पीडितलाई धान चुट्नबाट बञ्चित गराउनु निन्दनिय भएको सरोकारवालाको भनाई छ ।

कमेन्ट गर्नुहोस्