Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

माअाेवादी नेता पाखरेलले महोत्तरी १ बाट उम्मेदवारी दिदै

जलेश्वर, कात्तिक १६ । बिना बिभागिय मन्त्री गिरिराजमणि पोखरेलले अहिले केही समयपछि महोत्तरी जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउदै छन ।
मन्त्री पोखरेल उम्मेदवारी दर्ता गर्न महोत्तरीको सदरमुकाम जलेश्वर आइपुगेका छन । बाम गठबन्धनको साझा उम्मेदवार पोखरेलले अहिले २ बजे भव्य र्यालिसहित उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय जाने कार्यक्रम रहेको छ ।

अहिले महोत्तरी विभिन्न क्षेत्रबाट कार्यकर्ताहरु जलेश्वर आउने क्रम जारी छ । यस अघि २०६४ र २०७० सालमा भएको निर्वाचनमा पोखरेल अत्याधिक मत ल्याएर बिजयी भएका थिए ।

२०६४ सालमा पोखरेल तत्कालीन जनमोर्चा तर्फबाट उम्मेदवार बनेका थिए । सङ्ख्यात्मक हिसाबले सानो मानिएको पार्टी जनमोर्चा नेपालको तर्फबाट उम्मेदवारी दिए भएको पोखरेल अत्यधिक मत ल्याएर बिजयी भएका थिए ।

२०६५ मा पार्टी एकता पछि तत्कालीन एकीकृत नेकपा माओवादी बाट सोही क्षेत्रको उम्मेदवार बनेका पोखरेल दोस्रो पटक निर्वाचित भएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: