Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अध्यक्ष प्रचण्डद्वारा चितवन ३ बाट उम्मेद्वारी दर्ता

भरतपुर कात्तिक १६। पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा सदस्यका लागि चितवन क्षेत्र नं‍.३ बाट उम्मेद्वारी दर्ता गरेका छन ।

बिहीबार १२‍.३० बजेबाट माओवादी केन्द्र र एमालेको संयुक्त जुलुससहित जिल्ला निर्वाचन कार्यालय पुगेर १.०० बजे उम्मेद्वारी दर्ता गरेका हुन । अध्यक्ष प्रचण्डको प्रस्तावकमा माओवादी केन्द्रका नेता अमिक शेरचन र समर्थकमा एमाले नेता रामजी सापकोटा रहेका छन ।

त्यस्तै चितवन क्षेत्र नं‍. १ बाट पूर्वमन्त्री एवं एमाले नेता सुरेन्द्र पाण्डे र क्षेत्र नं। २ बाट पूर्वसांसद एवं एमाले चितवन अध्यक्ष कृष्णभक्त पोखरेलले उम्मेद्वारी दर्ता गरे ।

त्यसै गरी प्रदेश सभातर्फ १ (क) मा एमालेका दावा दोर्जे लामा, १ (ख) मा एमालेका कृष्ण खनाल, २ ९क० मा माओवादी केन्द्रका घनश्याम दाहाल, २ (ख) मा एमालेका विजय सुवेदी, ३ (क) मा एमालेका कृष्ण भूर्तेल र ३ (ख) मा माओवादी केन्द्रका रामलाल महतोले उम्मेद्वारी दर्ता गरे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: