Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रामचन्द्र पौडेलविरूद्ध गोविन्दराज जोशीको बागी उम्मेदवारी

तनहुँ, कात्तिक १६ । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवं पूर्व गृहमन्त्री गोविन्दराज जोशीले तनहूँ क्षेत्र नम्बर १ बाट रामचन्द्र पौडेलविरूद्ध बागी उम्मेद्वारी दिएका छन्।

बिहीबार भव्य र्यालीसहित निर्वाचन आयोगमा गएर जोशीले तनहूँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका हुन । तनहुँ १ बाट नेपाली कांग्रेसको तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराउदैं छन ।

आफूलाई पार्टीले टिकट नदिएपछि नेपाली कांग्रेसको लसंसदीय बोर्ड नै बैधानिक नरहेको बताउँदै उनले उम्मेद्वारी दिएका हुन्।

कांग्रेसको विधानअनुसार बोर्डमा जम्मा १४ जना हुनुपर्नेमा २४ जनाको जम्बो टोली बनाएर अवैधानिक तरिकाले टिकट वितरण गरिएको हुनाले आफूले कांग्रेसको जनमत अनुसार उम्मेद्वारी दिएको जोशीले बताए।

यसअघिनै पौडेललाई तनहूँ क्षेत्र नम्बर १ बाट निर्वाचन नलड्न जोशीले सल्लाह दिएका थिए।

नेपाली कांग्रेसले क्षेत्र नम्बर १ मा पौडेल र २ मा केन्द्रीय सदस्य शंकर भण्डारीलाई आधिकारिक रूपमा टिकट दिएको थियो।

आफूलाई पार्टीले टिकट नदिए पछि उनले तनहूँ क्षेत्र नम्बर १ का जनताले आफूलाई टिकट दिइसकेको भन्दै उनीहरुकै बलमा चुनाव जित्ने दावी गरेका छन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: