Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भक्का व्यापार आम्दानीको भरपर्दो स्रोत

झापा, कात्तिक १६ । जाडो मौसमको शुरुवातसँगै विभिन्न स्थानमा सञ्चालन हुने भक्का व्यापार महिलाका लागि आम्दानीको भरपर्दो स्रोत बनेको छ ।

कम खर्चमा सञ्चालन गर्न सकिने, ग्राहकले खाजाका रुपमा रुचाउने र आम्दानी मनग्य हुने हुँदा महिलाका लागि सो व्यापार आम्दानीको भरपर्दो माध्यम बनेको हो । विगत ३० वर्षदेखि भक्का व्यापार सञ्चालन गर्दै आउनुभएका अर्जुनधारा–८ की ५८ वर्षीया एकादशी खवासले व्यापारबाट आएको रकम बचत गर्ने र केही घरायसी खर्च गर्ने बताए ।

उनले दैनिक करिब चार किलो चामलको भक्का बिक्री गर्दै आएको छ । ‘दैनिक रु ७५० देखि रु ९०० सम्म आम्दानी हुन्छ,’ उनले भने । प्रतिवटा भक्का रु.१० मा बिक्री भइरहेको छ ।

त्यसैगरी, स्थानीयवासी ३५ वर्षीया पुष्पा खवास भक्का व्यापारबाट घरखर्च चलाउन सहज भएको बताउँछ । सत्र–अठार वर्षको उमेरदेखि भक्का व्यापार शुरु गर्नुभएका उनले जागिरका लागि पढाइ नभएपछि उक्त व्यापार गर्नुपरेको बताए ।

त्यस्तै, स्थानीयवासी ३४ वर्षीया राधिका चौधरी सासूले गर्दै आएको पेशालाई निरन्तरता दिएको बताउँछ । दैनिक औषतमा रु ७०० सम्म आम्दानी हुने गरेको छ । ‘श्रीमानको पैसा बचत गर्छौंँ र मेरो पैसाले घरखर्च चलाउँर्छौं,” उनले भने । जाडो मौसमको शुरुवातसँगै जिल्लाका विभिन्न स्थानमा सञ्चालन हुने भक्का व्यापार शनिश्चरे बजार क्षेत्रमा मात्र ६–७ स्थानमा सञ्चालन हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: