प्रचण्डको उम्मेदवारीले चितवन तात्यो, चितवन जिल्ला के भन्छ, बामपन्थीलाई ले भन्छ, नारा घन्कियो

चितवन, कात्तिक १६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित वाम गठबन्धनका तर्फबाट एमालेका सुरेन्द्र पाण्डे र कृष्णभक्त पोखरेलले चितवनमा उम्मेदवारी दर्ता गराएका छन ।

विभिन्न झाँकीसहित निकालीएको जुलुस निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएर अहिले बजारका विभिन्न भागमा परिक्रमा गरिरहेको छ ।

जुलुसले चितवन जिल्ला बाम किल्ला, चितवन जिल्ला के भान्छ, बामपन्थीलाई ले भान्छ, बाम एकता जिन्दावाद जस्ता नारा लगाएका छन ।

जुलुस अहिले पनि जारी छ ।

बिहीबार १२‍.३० बजेबाट माओवादी केन्द्र र एमालेको संयुक्त जुलुससहित जिल्ला निर्वाचन कार्यालय पुगेर १.०० बजे उम्मेद्वारी दर्ता गरेका हुन । अध्यक्ष प्रचण्डको प्रस्तावकमा माओवादी केन्द्रका नेता अमिक शेरचन र समर्थकमा एमाले नेता रामजी सापकोटा रहेका छन ।

त्यस्तै चितवन क्षेत्र नं‍. १ बाट पूर्वमन्त्री एवं एमाले नेता सुरेन्द्र पाण्डे र क्षेत्र नं। २ बाट पूर्वसांसद एवं एमाले चितवन अध्यक्ष कृष्णभक्त पोखरेलले उम्मेद्वारी दर्ता गरे ।

त्यसै गरी प्रदेश सभातर्फ १ (क) मा एमालेका दावा दोर्जे लामा, १ (ख) मा एमालेका कृष्ण खनाल, २ ९क० मा माओवादी केन्द्रका घनश्याम दाहाल, २ (ख) मा एमालेका विजय सुवेदी, ३ (क) मा एमालेका कृष्ण भूर्तेल र ३ (ख) मा माओवादी केन्द्रका रामलाल महतोले उम्मेद्वारी दर्ता गरे ।

कमेन्ट गर्नुहोस्