Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

टेलिफोन नै सरकारी जागिर जस्तो, १० देखि ४ सम्ममा मात्र

जाजरकोट, कार्तिक १६ । जाजरकोटका नगरपालिका र गाउँपालिकामा टेलिफोन सेवा प्रभावकारी नहुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् ।

बिहान १० बजे टेलिफोन टावर आउने र ४ बजे टावर जाने हुँदा त्यसपछिका समय फोन सञ्चालन नहुने स्थानीयवासीको गुनासो छ । जिल्लाका त्रिवेणी नलगाड नगरपालिका, वारेकाट गाउँपालिका, कुशे गाउँपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका र कुशेगाउँपालिकामा टेलिफोन टावरमा समस्या हुँदै आएको हो । टावर सञ्चालन गर्नका लागि राखिएका सौर्य उर्जाले प्रभावकारी काम नगर्दा दैनिक घाम लागेपछि मात्र टावर सञ्चालनमा आउने गरेको हो ।

टावरमा राखिएका सौर्य उर्जा वर्षौ पुराना भएको र मर्मत पनि नहुँदा टावर सञ्चालनमा कठिनाइ भएपछि स्थानीयवासीले पटक पटक नेपाल टेलिकमलाई जानकारी गराए पनि सुनुवाइ नभएको आरोप लगाएका छन् । काम परेको समयमा टावर नहुँदा दैनिक काम गर्न समस्या भएको त्रिवेणी नलगाड नपा ८ का हरिबहादुर खत्रीले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: