कार्कीद्वारा झापा १ बाट उम्मेदवारी दर्ता

भद्रपुर, कात्तिक १६ । झापा क्षेत्र नम्बर १ बात प्रतिनिधि सभाका लागि वाम गठबन्धनबाट माओवादी केन्द्रका नेताराम कार्की (सुरेन्द्र कार्की) ले उम्मेदवारी गराएका छन । त्यस्तै प्रदेश सभाका लागि (क)बाट श्रीप्रसाद मैनाली र (ख)बाट गोपाल बुढाथोकीले उम्मेदवारी दिए ।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि झापा जिल्लाको सदरमुकाम चन्द्रगढीस्थित निर्वाचन अधिकृतको कार्यालयहरुमा उम्मेदवारहरुले उत्साहका साथ आ–आफ्ना मनोनया दर्ता गरिरहेका हुन ।

आगामी मंसिर २१ हुने सो निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका नेता एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले मनोनयन दर्ता गराएका छन ।

सोही क्षेत्रको प्रदेश सभाका लागि काँग्रेसबाट (क)बाट भूमिराज राजवंशी र (ख) बाट भगिरथ पोदारले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

लिङ्देनको पनि उम्मेदवारी दर्ता

निर्वाचन क्षेत्र नं ३ बाटै प्रतिनिधि सभाका लागि राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराउनुभएको छ । वाम गठबन्धनको तर्फबाट भएको सो उम्मेदवारीसँगै राप्रपाले झापाको कुनै पनि क्षेत्रबाट प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारी दिएको छैन ।

यसैगरी, सो क्षेत्रबाट प्रदेश सभाका लागि वाम गठबन्धनबाट (क)बाट वशन्त बानियाँ र (ख) बाट पूर्णसिंह राजवंशीले उम्मेदवारी दिने भएको छ ।

साथै निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका युवा नेता विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराए । भने सोही क्षेत्रका लागि प्रदेश सभाका लागि (क) बाट केशव पाण्डे र (ख)बाट अशोक पोखरेलले उम्मेदवारी दिए ।

कमेन्ट गर्नुहोस्