ललितपुर १ बाट पूर्व डिआइजी नवराज सिलवालको उम्मेदवारी

ललितपुर, कात्तिक १६ । नेकपा एमालेको तर्फबाट ललितपुर क्षेत्र नम्बर १ बाट पूर्व डिआईजी नवराज सिलवालले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्याललयमा मनोनयन दर्ता गराएपछि प्रतिक्रिया दिँदै सिलवालले आफूलाई राज्यले अन्याय गरेपनि जनताले न्याय गर्ने बताए ।

याे पनि पढ्नुस  घरमै सुत्केरी हुने दर शून्य

वाम गठबन्धन साझा उम्मेदवार बनेका उनले भने, ‘न्याय माग्न जनतामा आएको छु । जनताले मलाई न्याय गर्नेछन् । राज्यले गरेको अन्याय म जनताबाट माग्छु ।’
उनले विगतमा आफू कानून लागू गर्ने ठाउँमा भएको र आज देश समृद्ध बनाउने ठाउँमा आएको भन्दै अमूल्य मत दिएर विजयी गराउन आह्वान गरे ।

याे पनि पढ्नुस  ‘राज्यले दुई खाले नागरिकको उत्पादन गर्नुहुँदैन’

सिलवालले निर्वाचनपछि वामपन्थी सरकार बनेर देश विकास हुने समेत बताए । उक्त क्षेत्रमा नेपाली कांग्रेसका उदयर शमशेर राणाले उम्मेदवारी दिएका छन ।

कमेन्ट गर्नुहोस्