दाङ २ बाट महराको उम्मेदवारी दर्ता, कोमल बलीदेखि भण्डारीसम्मको वागी उम्मेदवारी

दाङ, कात्तिक १६ । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवम् उपप्रधानमन्त्री कृष्णबहादुर महराले वाम गठबन्धनको तर्फबाट दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार दर्ता गराएका छन ।

विभिन्न किसिमका झाँकी जुलुससहित आएका दलहरुले निर्वाचन कार्यतालीका अनुसार नै मनोनयन दर्ता गराएकाहुन् । मनोनयन दर्ताका लागि आएका बाम गठबन्धनका नेता कार्यकर्ताको जुलुसले घोराही वजारको परीकर्मा गरी सभा समेत गरेका थियो ।

बाम गठबन्धनको तर्फबाट दाङ क्षेत्र नं.१ बाट प्रतिनिधि सभाका लागि एमालेका मेटमणी चौधरीले उम्मेद्वारी दर्ता गराएका छन् । त्यस्तै प्रदेश सभाकालागि १ (क) बाट वामगठवन्धनका तर्फवाट ईन्द्रजित थारु र १(ख) बाट रेवतीरमण शर्माले उम्मेदवारी दर्ता गराएका छन ।

त्यस्तै क्षेत्र नं. २ बाट प्रदेशसभाका लागि नेकपा एमालेका नेता शंकर पोख्रेल र २(ख) वाट अमरबहादुर डाँगीले उम्मेद्वारी दर्ता गराएका छन् ।

क्षेत्र नं ३ मा प्रतिनिधिसभाका लागि एमालेका नेता हिराचन्द्र केसीले उम्मेद्वारी दर्ता गराएका छन । त्यस्तै क्षेत्र नं ३(क) वाट बाम गठवन्धनबाट जगप्रसाद शर्मा ‘अपार’ ३(ख) बाट नेकपा एमालेका उत्तरकुमार वलीले उम्मेदवारी दर्ता गराएका छन ।
त्यसैगरी, केही समय अघि नेकपा एमालेमा प्रवेश गरेकी कोमल वलीले एमालेबाट टिकट नपाएपछि दाङको क्षेत्र नं ३ वाट प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन ।

त्यस्तै, माओवादी केन्द्रका पोलिटव्युरो सदस्य कुवेर वलीले क्षेत्र नं. ३(क) र गोविन्द भण्डारीले ३(ख) बाट प्रदेशसभा सदस्यका लागि वागी उम्मेदवारी दर्ता गराएका छन ।

कमेन्ट गर्नुहोस्