कांग्रेसले प्रतिपक्षको हैसियत समेत गुमाउँदै छः ज्ञवाली

गुल्मी, कात्तिक १६ । वाम तालमेलपछि नेपाली कांग्रेसका नेताहरु गैरजिम्मेवार अभिब्यक्ति दिदै आएको भन्दै नेकपा एमालेका सचिव एवक् गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधीसभाका उम्मेदवार प्रदिपकुमार ज्ञवालीले नेपाली कांग्रेसका नेताहरुलाई तल्लोस्तरको अधिव्यक्ति नदिन चेतावानी दिएका छन् ।

क्षेत्र नम्वर १ को निर्वाचन कार्यालयमा उमेदवारी दिदै नेता ज्ञवाली भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवा जस्तो ब्यक्तिले समेत वाम गठबन्धनन विरुद्ध जुन अभिव्यक्ति दिदै आउनु भएको छ त्यो हामीलाई शैह्य छैन ।’

उनले भने, ‘भारतमा एक समय कांग्रेस आई जसरी ठुलो पार्टी बनेर विपक्षीहरु माथी जसरी गैरराजनैतिक व्यबहार देखाएर प्रस्तुत हुन्थ्यो अहिले चुनावमा १० प्रतिशत मत समेत नल्याएर विपक्षी राजनैतिक दलको हैसियत समेत गुमाउनु परेको छ । त्यस्तै रुपमा प्रस्तुत भएको नेपाली काग्रेसले पनि यसपालीको निर्वाचनमा त्यही नियति भोग्न नपरोस् म उहाँहरुलाई सुझाव दिन्छु ।’

वाम गठबन्धनले दुई तिहाई लिएर पाँच वर्ष सम्म स्थिर सरकार र समृद्धि मुलुक बनाउने कुरामा निश्चित छ यहि कुराबाट अत्तालिएर काग्रेस होस गुमाएको मान्छे जस्तै भएर प्रस्तुत भएको छ उनले भने कृपया कांग्रेस घटोस विग्रोस भन्न म चाहन्न अलि सुध्रिओस भन्न चाहन्छु ।

क्षेत्र नम्वर २ बाट प्रतिनिधी सभाको उमेदवारी दिन आएका वाम गठबनधनका उमेदवार एवं अर्का एमाले सचिव गोकर्ण राज विष्टले यसपाली गुल्मी काग्रेसका कुनै पनि उमेदवार औपचारिकता पुरा गर्न मात्रै उमेदवारी दिएको भन्दै होच्चाए । उनले भने–‘ वाम गठबन्धबाट गुल्मेली जनताका हामी सवै साझा उमेदवार भई सक्यौं, यसर्थ म कांग्रेसजनलाई हामीलाई भोट हाल्न आग्रह गर्द छौं ।

कमेन्ट गर्नुहोस्