Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चिन्तक एवं बौद्धिक नेता प्रदीप गिरीद्वारा सिरहा १ बाट उम्मेदवारी दर्ता

सिरहा, कात्तिक १६ । चिन्तक एवं बौद्धिक नेता प्रदीप गिरीले प्रतिनिधिसभाका लागि कांग्रेसका तर्फबाट सिरहा क्षेत्र नम्वर १ बाट उम्मेदवारी दर्ता गराएका छन ।

मधेसको मुद्धालाई संस्थागत गर्न सदन र पार्टीमा समेत मधेसको पक्षमा मत राखि वकालत गर्दै आएका गिरीको उम्मेदवारीले यसपटकको चुनावको ध्यान केन्द्रित गरेको हो । वाम गठबन्धनले झुपडीका जनतासँग प्रत्यक्ष भिजेका एमाले नेता गंगाप्रसाद यादवलाई गिरीको प्रतिस्पर्धामा उतारेको छ ।

संयोगले दुवै प्रतिस्पर्धी एकै ठाउँ बस्तीपुरका हुन । गिरी साविक बस्तीपुर ६ र यादव ७ नम्वर वडाका बासिन्दा हुन् । पछिल्लो पटक वस्तीपुर गाविस लहान नगरपालिकामा गाँभिएपछि १४ र १३ मा विभक्त भए । दुवैको बसोवास स्थल दुई किलोमिटर दूरी आसपासमा पर्छ ।

७८ वर्षीय गिरी कांग्रेस राजनीतिसँगै देश र विदेशमा समाजवादी चिन्तक र बौद्धिक नेतामा दरिएभने एमालेका केन्द्रिय सदस्य ५६ वर्षीय यादव कुशल संगठक र झुपडीका जनतामाझ परिचित भए ।

गिरी २०५१ को आमनिर्वाचनमा पश्चिमी सिरहाको क्षेत्र नम्वर ५ बाट प्रधिनिधि सभा सदस्यमा निर्वाचित, पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेसबाट समानुपातिक सभासद भए ।

यादव पञ्चायतकालताका जनपक्षीय उम्मेदवारको तर्फबाट २०४३ सालमा बस्तीपुरको उपप्रधान पञ्च र २०५४ सालमा एमालेबाट बस्तीपुर गाविस अध्यक्षमा निर्वाचित भए । पछिल्लो पटक २०६४ सालको पहिलो संविधान सभा सदस्यमा सिरहा क्षेत्र नम्वर १ बाट पराजित उनै यादव यसपटकको प्रतिनिधि सभामा वाम गठबन्धन अन्तर्गत एमालेबाट उम्मेदवार बनेका छन् ।

२०४८, २०५१ र दोस्रो संविधान सभा निर्वाचनमा जित हासिल गरेको कांग्रेसले यो क्षेत्रलाई आफ्नो पकड मान्दै आएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: