Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चितवन कांग्रेस र राप्रपाका सयौँ नेता-कार्यक्रता माओवादी केन्द्रमा प्रवेश गर्दै

काठमाडौं, कात्तिक १७ । नेपाली कांग्रेस र राप्रपाका चितवनका सयौँ कार्यक्रत माओवादी केन्द्रमा प्रवेश गर्दैछन् । मध्यान्ह १२ बजे पार्टी कार्यालय कृष्णपुरमा हुने कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराउँदैछन् ।

प्रचण्ड आजै दिउँसो १ बजे रेडक्रस भवन पर्सा बजारमा अन्तर्क्रिया कार्यक्रम सहभागी हुने कार्यक्रम छ । बेलुका ६ बजे होलिडे पार्टी प्यालेस कृष्णपुरमा प्रेस सेन्टर र प्रेस चौतारीको संयुक्त अन्तर्क्रिया कार्यक्रमा सहभागी हुने प्रचण्डको निजि सचिवालयले जनाएको छ ।

यसअघि हिजाे मात्रै पाँच सय बढी युवा माओवादी केन्द्र प्रवेश गरेका थिए ।

पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले नव प्रवेशी युवाहरुलाई स्वागत गरे । पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले ठूलो संख्यामा युवाहरूको पार्टी प्रवेशले चितवनमा चुनाबी मौहोल थप रोचक र मजबुत भएको बताए ।

माअाेवादी अध्यक्ष प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गर्न बुधबार अाएका हुन । मनाेनय दर्ता अघि पार्टी प्रवेश तथा चुनाबी सभा अायाेजना गरिएकाे हाे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: