समानुपातिकतर्फको बन्दसूची सार्वजनिक आज : आयोग

काठमाडौं, कात्तिक १७ । मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दलहरुले समानुपातिकतर्फ बुझाएको बन्दसूची निर्वाचन आयोगले आज सार्वजनिक गर्ने भएको छ ।

आज सार्वजनिक गरिएका सूचीमध्येबाट प्रदेश र प्रतिनिधिसभाका समानुपातिक तर्फका ३३० जना सदस्य निर्वाचित हुनेछन् ।

गत असोज २९ गते दलहरुले बुझाएको सूचीका त्रुटी सच्याउँदै निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार अपरान्ह ५ बजेभित्र सूची सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

समानुपातिकतर्फ आयोगमा प्रतिनिधिसभा तर्फ ४९ र प्रदेश सभातर्फ ५५ दलले बन्दसूची बुझाएका थिए । धेरै दलले बुझाएको बन्दसूचीमा प्राविधिक भएपछि आयोगले सुर्धान कार्तिक १२ गतेसम्मको म्याद दिएको थियो ।

समानुपातिकतर्फ प्रतिनिधिसभामा १ सय १० र सातै प्रदेशसभाका लागि २ सय २० जना सदस्य चुनिनेछन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: