दोस्रो चरणको चुनाबमा यी क्षेत्र विशेष

काठमाडौं, कात्तिक १७ । चुनाब भन्ने वित्तिकै त्यो आफै विशेष हुने गर्छ । तर कहीले कहीँ उम्मेदवारको लोकप्रीयता,आचरण र व्यवहारले त्यो अझै विशेष हुने गर्छ ।

दोस्रो चरणमा मंसिर २१ गते प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ क्षेत्रमा निर्वाचन हुँदैछ । यीमध्ये केही क्षेत्र धेरै चर्चामा छन् । शीर्ष र केही चर्चित नेताहरुको उम्मेदवारीका कारण ।

दोस्रो चरणका प्रतिनिधिसभा निर्वाचनमा चर्चामा रहेका क्षेत्र:

चितवन ३
यति बेला नेपाली राजनीतिको चर्चाको शिखरमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस क्षेत्रबाट उम्मेदवारी दिएका छन । उनको उम्मेदवारीका कारण चितवन चर्चित छ । उनी वाम गठबन्धनका साझा उम्मेदवार हुन । उनीका प्रतिस्पर्धी कांग्रेसको समर्थनमा राप्रपाका विक्रम पाण्डे छन ।

झापा ३
यस क्षेत्रमा कांग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपाका राजेन्द्र लिङदेनले उम्मेदवारी दिनुभएको छ । लिङदेनलाई वाम गठबन्धनको समर्थन छ । अरु ठाउँमा कांग्रेसले राप्रपासँग तालमेल गरेपनि यहाँ सिटौला र लिङदेनले छाड्न नमानेपछि राप्रपा र वाम गठबन्धनको तालमेल भएको हो ।

मोरङ ६
एमालेका चर्चित नेता लालबाबु पण्डित र कांग्रेसका डा शेखर कोइराला दुवैले यस क्षेत्रबाट उम्मेदवारी दिएका छन ।

धनुषा ३
यस क्षेत्रमा कांग्रेसका विमलेन्द्र निधि र राजपाका राजेन्द्र महतोले प्रतिस्पर्धा गर्दै छन ।

काठमाडौं १
यहाँ विवेकशील साझा पार्टीका तर्फबाट रवीन्द्र मिश्र, कांग्रेसबाट प्रकाशमान सिंह र वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा उम्मेदवार छन । यो क्षेत्रलाई कांग्रेसको प्रभाव भएको मानिन्छ ।

काठमाडौं २
यस क्षेत्रमा वाम गठबन्धनबाट एमाले वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेसबाट दीपक कुईंकेल र विवेकशील साझा पार्टीबाट डा. सूर्यराज आचार्य उम्मेदवार छा ।

काठमाडौं ४
यस क्षेत्रबाट कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापाले उम्मेदवारी दिए छन । उनसँग वाम गठबन्धनबाट एमालेका युवा नेता राजन भट्टराई प्रतिस्पर्धा गर्दै छन ।

काठमाडौं ५
यहाँ वाम गठबन्धनबाट एमाले महासचिव ईश्वर पोखरेल र कांग्रेसबाट डा‍ प्रकाशशरण महत र विवेकशील साझा पार्टीबाट उज्जवल थापा उम्मेदवार छन ।

सप्तरी २
यहाँ संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र वाम गठबन्धनबाट माओवादीका उमेश यादव प्रतिस्पर्धामा छन ।

झापा १
वाम गठबन्धनबाट माओवादीका राम कार्की र कांग्रेसबाट युवा नेता विश्वप्रकाश शर्माले  यो क्षेत्रबाट उम्मेदवारी दिएका छन ।

गुल्मी २
यस क्षेत्रमा वाम गठबन्धनबाट एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारीबिच प्रतिस्पर्धा हुँदैछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: