सत्ताको दुरुपयोग नगरी स्वच्छ प्रतिस्पर्धा गर्न कांग्रेसलाई ओलीको चुनौती

झापा, कात्तिक १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दललाई चुनाबमा राज्यशक्तिको दूरुपयोग नगरी स्वच्छ प्रतिस्पर्धा गर्न चुनौती दिएका छन ।

एमाले अध्यक्ष ओलीले निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जाने र जनचाहना अनुसारको शासनसत्ता सञ्चालन हुने बताएका छन ।

झापाको दमकमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने– “अबको एकमात्र राजनीतिक उद्देश्य समृद्धि हो, निर्वाचनपछि जनचाहनाअनुसारको शासनसत्ता सञ्चालन हुन्छ र मुलुक समृद्धिको दिशामा जान्छ ।”

अध्यक्ष ओलीले वाम गठबन्धन यही स्वार्थ पूर्तिका लागि मात्र भएको छ भन्दै मुलुकमा रहेको बेरोजगारी अन्त्य र गरिब, विपन्न एंव उत्पीडितको हकअधिकारको संरक्षण गर्ने गरी वाम गठबन्धनले यही सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने बताए ।

उनले नेपाली काँग्रेसलगायतका दललाई चुनावमा स्वच्छ प्रतिस्पर्धा गर्न, गलत लाञ्छना लगाउने काम नगर्न र सत्ताको दुरुपयोग गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन नगर्नसमेत आग्रह गरे ।

कमेन्ट गर्नुहोस्