Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ड्युटीमा बसेका हवल्दारको मृत्यु

भक्तपुर, कात्तिक १७। भक्तपुरको मध्यपुर थिमि प्रहरी वृत्तमा कार्यरत एक प्रहरी हवल्दारको गएराति ११ बजे मृत्यु भएको छ ।

कार्यालयमै ड्युटीका क्रममा एक्कासि ढलेका ४३ वर्षीय लालबाबु राउतको मृत्यु भएको वृत्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।

ढलेलगत्तै गठ्ठाघरस्थित नागरिक अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । वीरगञ्ज पर्सा निवासी राउतको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: