काठमाडौं । शुक्रबार सुनको भाउ घटेको छ । भने चाँदीका भाउ स्थिर छ ।
साताको अन्तिम दिन आज सुनको मूल्य अघिल्लो दिनको भन्दा केही घटेको छ । बिहीबारभन्दा शुक्रबार सुन भाउ प्रतितोला एक सय रुपैयाँले घटेको हो ।
बिहीबार सुन प्रतितोला ५५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ५५ हजार चार सय रुपैयाँमा खरिद बिक्री भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी ७ सय ६५ रुपैयाँ प्रतितोला कारोबार भइरहेको महासंघले जनाएको छ ।