Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ढुंगेल गिरफ्तारी प्रकरण र जेल चलान षड्यन्त्रपूर्ण : बुद्धिजीवी संगठन

काठमाडौं, कात्तिक १७ । नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई तत्काल रिहाई गर्न जोडदार माग गरेको छ ।

संगठनका कार्यबाहक अध्यक्ष नन्दबहादुर थापा मगर र महासचिव कृष्ण केसीको हस्ताक्षर रहेको विज्ञप्तीमा भनिएको छ, ‘ढुंगेल गिरफ्तारी प्रकरण र जेल चलान षड्यन्त्रपूर्ण तवरले गरिएको भन्दै संगठनले गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

विज्ञप्तीमा द्वन्द्वकालिन मुद्दाहरु सत्यनिरुपण तथा मेलमिलाप आयोगले हेर्ने प्रष्ट हुँदाहुँदै पनि विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरित ढुङ्गेललाई गिरफ्तार गरिनुले सरकारको नियत र शान्ति प्रक्रिया व्यवस्थापनमा भएको गैरजिम्मेवारीपन उदाङ्गो भएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: