शाह बने सेञ्चुरी बैंकको सिइओ

काठमाडौं, कात्तिक १७ । सेञ्चुरी कमर्सियल बैंकले अनिलकेशरी शाहलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ ।

शाह यसअघि मेगा बैंकको सिइओ थिए । शाहकै पहलमा मेगा बैंक स्थापना भएको थियो थियो ।

सञ्चालक समितिको बिहीबार बसेको बैठकको निर्णय अनुसार शुक्रबारदेखि लागु हुने गरी शाहलाई सेञ्चुरी बैंकको सिइओमा नियुक्त गरिएको बताइएको छ ।

बैंकका सिइओ अनुजमणि तिमल्सिनाले राजिनामा गरेपछि सेञ्चुरी बैंकले शाहलाई नयाँ सिइओमा नियुक्त गरको हो । मेगा बैंकका दोश्रो कार्यकाल सकिन एक महिना अघि नै शाह सेञ्चुरी बैंकको सिइओ नियुक्त भएका हुन ।

बैंक तथा वित्तीय संस्था सञ्चालन सम्बन्धीको नयाँ ऐन अनुसार कुनै पनि व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी एउटै पदमा बस्न पाउँदैन । नेपाल बैंकर एशोसिएसनका अध्यक्षसमेत रहेका शाहले स्टान्डर्ड चार्टड र नबिल बैंकमा पनि काम गरिसकेका छन ।

कमेन्ट गर्नुहोस्