अवकाशमा जाने कर्मचारीलाई विशेष सुविधा

काठमाडौ‌, कात्तिक १७ । सामान्य प्रशासन मन्त्रायलले संघ, प्रदेश र स्थानीय तहका कर्मचारी समायोजन गर्नका लागि ‘कर्मचारी समायोजन नियमावली–२०७४’ को मस्यौदा तयार पारेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कर्मचारी समायोजन ऐन प्रमाणिकरण गरेपछि मन्त्रालयले समायोजन नियमावलीको मस्यौदा बनाएको हो ।

तयार पारिएको मस्यौदा मन्त्रालयले परामर्शका लागि अर्थ र कानून तथा न्याय मन्त्रालयमा पठाएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए ।

याे पनि पढ्नुस  कर्मचारीले सत्ता रिझाउन थाले प्रशासन चल्दैन: नेता बिष्ट

नियमावलीमा संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि आवश्यक दरबन्दी तथा संगठन संरचना तयार पार्नका लागि समिति गठन गर्ने, स्वेच्छिक अवकाश लिने कर्मचारीलाई सेवा सुविधा, ६ महिनाभित्र संगठन संरचना तयार पारी कर्मचारी समायोजन गर्ने कुरा उल्लेख गरिएको सहसचिव समेत रहेको न्यौपानेले बताए ।

याे पनि पढ्नुस  मताधिकारबाट वञ्चित गरिए कडा आन्दोलन गर्ने चेतावनी

नियमावलीमा कुन तहमा कति कर्मचारी रहने गरी संगठन संरचना तयार पार्नका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गर्ने समेत उल्लेख गरिएको छ ।

नियमावलीमा तीन महिनाभित्र स्वेच्छिक अवकाशमा जाने÷नजाने कर्मचारीको व्यक्तिगत वितरण संकलन गरिने उल्लेख रहेको छ । यस्तै कार्यरत पदको ज्येष्ठता, संघ, प्रदेश र स्थानीय तहको रोजाइ तथा स्थायी बसोवासका आधारमा कर्मचारी समायोजन गरिने नियमावलीमा उल्लेख छ ।

याे पनि पढ्नुस  मताधिकारबाट वञ्चित गरिए कडा आन्दोलन गर्ने चेतावनी

प्रवक्ता न्यौपानेले नियमावलीलाई चाडै नै ल्याई समायोजनको कार्य थालनी गरिने बताउँदै नियमावली ल्याइसकेपछि ६ महिनाभित्रमा संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरिने बताए ।

सरकारले असोज २२ गते कर्मचारी समायोजन सम्बन्धी ऐन जारी गरेको हो ।

कमेन्ट गर्नुहोस्