पैसावाललाई टिकट दिएको भन्दै कांग्रेसका पुराना नेताद्वारा पार्टी परित्याग

बुटवल, कात्तिक । आसन्न चुनाबका लागि उम्मेदवार छनोटमा पैसाको चलखेल भएको भन्दै नेपाली कांग्रेसका पुराना नेताले पार्टी परित्याग गरेका छन । पार्टीमा पुर्याएको योगदान भन्दा पैसावालालाई टिकट दिएको भन्दै कांग्रेसमा चर्को असन्तुष्टी देखिएको छ ।

आफ्नो फिक्स भएको टिकट अन्तिम समयमा अर्कैले पाएपछि रुपन्देहीका पुराना कांग्रेस नेताले पार्टी परित्याग गरेका हुन ।

कांग्रेसका महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद पौडेलले पत्रकार सम्मेलन गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरे । ‘मेरो टिकट आर्थिक चलखेलकै कारण अरुलार्इ दिइयो,पार्टी कसैको पेवा होइन हामी कसैका गोटी होइनौं’ उनले भने ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १० निवासी पौडेलले आगामी मंसिर २१ गते हुने प्रदेशसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ को ‘ख’बाट उम्मेदवारी दर्ता गराएपछि आफूमाथी भएको अन्याय र अत्याचार सहन नसकेर उम्मेदवारी दर्ता गराएको तथा पार्टी परित्याग गरेको जानकारी गराए ।

२०३४ सालमा पार्टीको साधारण सदस्यता प्राप्त गरी राजनीति आरम्भ गरेका पौडेल २०३६ सालमा क्रियाशील सदस्य भएका थिए । उनले आफूले पार्टीका लागि धेरै योगदान गरे पनि आफ्नो योगदानको पार्टीमा कुनै मुल्याङ्कन नभएको र पैसावाला तथा नवप्रवेशीहरुको हातमा पार्टी पुगेको आरोप लगाए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: