माओवादी अध्यक्ष प्रचण्डको उम्मेदवारीविरुद्ध उजुरी परेन

चितवन, कात्तिक १७ । चितवन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिरुद्ध कुनै उजुरी दर्ता भएन ।

दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने क्षेत्रका लागि बिहीबार(हिजो) मनोनयन पत्र दर्ता गरेका प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारकाबिरुद्ध आज (शुक्रबार) दावी बिरोध गर्ने समयसीमा निर्वाचन आयोगले तय गरेको थियो ।

याे पनि पढ्नुस  अण्डा उत्पादक संघमा कँडेल

सोही अनसार भरतपुरकी तारा बरालले जनयुद्धका नाममा सयौं नेपाली नागरिकको हत्या गरेको आरोप लगाउदै प्रचण्ड’ उम्मेद्वार बन्न नसक्ने दाबी गर्दै उनी निर्वाचन अधिकृतको कार्यालय पुगेकी थिइन ।

मनोनयन पत्र दर्ता भएको उमेदवारको योग्यताका सम्वन्धमा दाबी बिरोध गर्न सो क्षेत्रको अर्को उम्मेदवार वा उसको प्रतिनिधिले मात्रै पाउने कानुनी ब्यवस्था भएकाले बराल उम्मेदवारको बिषयमा उजुरी गर्न योग्य नदेखिएकाले उनको उजुरी दर्ता भएन ।

याे पनि पढ्नुस  शहीदको सपना खेर जान दिइने छैनः प्रचण्ड

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन निर्देशिका २०७४ ले तोके अनुरुपको व्यक्ति प्रमाणका आधारमा आएमात्रै दर्ता हुने नत्र त्यो दर्ता नहुने कानुनी ब्यवस्था रहेको छ ।

यसैबीच चितवनमा कुनै पनि उमेदवारका बिरुद्ध उजुरी दर्ता नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्