वेलायतको प्रधानमन्त्री हुनु पर्ने मान्छे–भण्डारी

गुल्मी, कात्तिक १७ । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार चन्द्र भण्डारीले आफु वेलायतको प्रधानमन्त्री हुनु पर्ने खालको नेता भएको दावी गरेका छन् ।

‘गुल्मी क्षेत्र नम्वर २ को सांसद भएको कार्यकालमा गरेको विकास हेर्ने हो भने आफू बेलायतको प्रधानमन्त्री हुनु पर्ने हो ।’ प्रेस युनियन गुल्मीले आयोजना गरेको कार्यक्रममा भण्डारीले भने, ‘यति विकास गर्दा पनि तपाई पत्रकारले लेखी दिनु हुन्न भने मेरो भन्नु केहि छैन् ।’

गुल्मी क्षेत्र नं. २ बाट वाम गठबन्धनका तर्फबाट एमाले सचिव प्रदिप ज्ञवाली उम्मेदवारी बनेका छन । ज्ञवाली र भण्डारीबीच यसअघिदेखि नै तीब्र प्रतिस्पर्धा हुने गरेको थियो ।

तर अहिले वाम गठबन्धनले गर्दा भण्डारीलाई निकै गाह्रो हुने देखिएको छ । वाम गठबन्धनपछि देशभर राजनीतिक ध्रुबीकरण तीब्र रुपमा अघि बढिरहेको छ ।

कमेन्ट गर्नुहोस्