एएफसी यू–१९ फुटबल: नेपालले आज युएईसँग खेल्दै

काठमाडौं, कात्तिक १८ । कीर्गिस्तानमा जारी एएफसी अन्डर नाइन्टिन छनोट च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह ए मा रहेको नेपाल यसअघि खेलेका दुवै खेलमा पराजय बहोर्दै फाइनल चरण प्रवेश गर्ने सम्भावनाबाट बाहिरिएको छ ।

तर, आजको खेलमा प्रतिष्ठाका लागि पनि नेपाललाई जित्नै पर्ने दबाब छ । नेपालले बलियो प्रतिद्वन्द्वी युएईलाई रोक्न सक्यो भने ठूलै सफलता हुनेछ ।

खेल आज साँझ पौने ५ बजे सुरु हुनेछ । नेपालले यसअघि कीर्गिस्तानसँग २-० को तथा बहराइनसँग ४-० को हार बेहोरेको थियो ।

समूहको अन्तिम खेलमा नेपालले बुधबार ओमानसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने टोली तथा उपविजेतामध्येका उत्कृष्ट पाँच टिमले फाइनल चरणमा प्रवेश पाउने छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: