काठमाडौं, कात्तिक १८ । नेकपा माअाेवादी केन्द्रका केन्द्रिय सदस्य प्रकाश दाहालले अाउँदाे प्रतिनिधिसभा सदस्य चुनावमा समानुपातिकमा नपरेकाे प्रष्टिकरण दिएका छन् ।
केहि मिडियामा पार्टी अध्यक्ष प्रचण्डले आफ्नो छोरालाई उमेद्वार बनाएको समानुपातिकमा राखेको भन्नेसम्म जस्ता समाचार सम्प्रेषण गरेपछि शुक्रवार साँझ सामाजिक सञजालबाट अफवाह नफैलाउन अाग्रह गरेका छन् ।
फेसबुकमा उनले लेखेका छन् ‘म संसद समानुपातिक वा प्रत्यक्ष कतैको उमेद्वार होईन र थिईन किनकी म भन्दा धेरै सिनियर र कृयाशिल कमरेडहरुको त्यहां भूमिका बढी छ तर केहि मिडियामा प्रचण्डले आफ्नो छोरालाई उमेद्वार बनाएको समानुपातिकमा राखेको भन्नेसम्मको कुरा ल्याईयो ।’
दाहालले अाफु भन्दा सिनियर र कृयाशिल नेताहरुले जिम्मेवारी पाउनुपर्छ र पार्टीले दिएकाे जिम्मेवारी पुरा गर्न लाग्ने बताएका छन् । उनी थप लेख्छन ‘मेरो सुरुदेखि (२०५६ साल) एउटै उद्धेश्य थियो पार्टी र नेतृत्वलाई आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्ने र म कहि कतै पद प्रतिष्ठाको आकांक्षी हैन र त्यो दौडमा छैन ।’
पार्टीले व्यक्तिकाे क्षमता अनुसार जिम्मेवारी दिनुपर्ने र दिनेमा उनी विश्वस्थ रहेकाे तर्क गर्छन । ‘पार्टीले मेरो क्षमता अनुसार जहां जिम्मा दिन्छ म त्यो बहन गर्न तयार छु र अहिले जहां छु पार्टीकै निर्देशनमा छु।’ भन्छन ‘कृपया अनर्गल प्रचारबाजीमा नलाग्न म सबैलाई अनुरोधपनि गर्दछु ।’
यसअघि पनि अाफु र अाफ्नाे परिवारका सदस्यलार्इ जाेडेर अनावश्यक अफवाह फैलार्इएकाे भन्दै दाहालले सच्चिन अाग्रह गर्दै अाएका छन् । केहि महिना अगाडी माओवादी नेता तथा प्रचण्डका छोरा प्रकाश दाहालले आफ्ना २७ महीने छोराका बारेमा प्रकाशित समाचारका बिषयमा कडा टिप्पणी गरेका थिए ।
प्रकाश दाहालका छोरा पजेरो चढेर राजधानिको एक बोर्डिंग स्कूल पढ़ने गरेको आशयको समाचार एक अनलाइनमा प्रकाशित भएपछि प्रकाशले अबोध बालकमाथि समेत आरोप लगाएको भनेर टिप्पणी गरेका हुन ।
स्थानीय तहको निर्वाचन अघि ४,५ महिना कंचनपुरको पुनर्वासमा आमा बिना मगरसँग नै छोरा समेत रहेको प्रकासले बताएका छन ।
अहिले पनि संगठन र चुनावका लागि आमाक बिना मगर कंचनपुरमा खटीएको र छोरा प्रणव समेत उतै रहेको भएपनि आरोप लागाउनु नाजायज़ भएको उनले जनाए ।
कंचनपुरको क्षेत्र न १ बाट गत संबिधानसभाको निर्वाचनमा झिनो मतले पराजित बिना मगर अधिकांश समय संगठनकै काममा ज़िल्लामा रहने र छोरा प्रणव समेत उनिसंग नै रहने प्रकाशले बताए ।
अहिले अखिल क्रान्तिकारीको सम्मेलन चलिरहेको संदर्भ पारेर नियोजितरूपमा आफ़नो र अबोध छोराको चरित्रहत्त्या गर्न खोजेको प्रकाशले टिप्पणी गरे ।
प्रकाश दाहालले फ़ेसबुकमा लेखेका थिए :
‘आफ्नो आमासंग सुदुरपश्चिमको संगठन सुदृढी गर्न र चुनाव मध्यनजर अहिले देखि उतै खटिएर बसेका आमा छोरालाई पजेरो चढेर स्कूल जाने भनेर न्युज लेख्नु कति जायज हो ? ए त्यो लेख्ने महाशय पहिला बच्चा कहां छ के छ सोध्नु कर्तव्य हैन र ? हामीलाई त आरोपको चांग लगाएर राखेका छौ हूंदा हूंदा यो अवोध बालकमाथीपनि आरोपको चांग लगाएयौं ???
कुरा रहयो विधार्थी संगठनसंग जोडेर पजेरो चढेर स्कूल जाने म त्यतिनै चिन्तित कहां छु भने यिनको आमा जो चुनाव भन्दा ४ महिना अगाडीनै कार्यक्षेत्रमा होमिईन् ( जो कुनै नेता कार्यकर्ता खटिएको छैन र जाने रुचिपनि राखेका छैनन) उनले गर्दा यि बालकको पढाईपनि आफ्नै बाउ जस्तो हुने त हैन ??’
याे पनि पढाैँ
प्रकाश दाहालको चर्को आक्रोश: ‘भाडाका पत्रकार’लाई कसले दियो यस्तो अधिकार ?
‘प्रकाश दाहाल अर्थात एक कुशल व्यवस्थापक’