‘चितवनकाे विकासका लागि माअाेवादी केन्द्रमा अाएँ’ : कांग्रेस नेता पाैडेल

कांग्रेस र राप्रपाका ८९ जना बाम गठबन्धनमा सहभागी

भरतपुर, कार्तिक १८ । नेपाली कांग्रेसका युवा नेता नारायण पाैडेलले चितवनकाे विकासका लागि माअाेवादी केन्द्रमा प्रवेश गरेकाे बताएका छन् ।

नेपाली कांग्रेस परित्याग गर्दै युवा नेता पाैडेलले भने “सानैदेखि बुवाले रुखमा भाेट हाल्नुहुन्थ्याे, मैले त्याे देखें। बुवाले रुखमा भाेट हालेकाे देखेर म कांग्रेस भएँ। कांग्रेसले केही पनि सिकाएन, रुखमा भाेट हाल्न मात्र सिकायाे। अाज मेराे अाँखा खुलेकाे छ, देशकाे विकास, समृद्धि र जनताकाे हितका लागि लड्ने बाम शक्तिमा अाएकाे छु।”

“अब कुनै पनि रुख सिधा रहने छैनन्, सबै ढल्ने छन्, नेता पाैडेलले भने, “कमरेड प्रचण्ड चितवन अाउनु भएकाे छ, उहाँ देशकाे मात्रै नभएर अन्तरास्ट्रिय नेता हुनुहुन्छ, उहाँलाई अत्याधिक मतले जिताउँछौं।

कहिले सूर्य, कहिले हसिया हथौडा र कहिले हलाेमा भाेट हाल्ने कांग्रेस अब चितवनमा रहँदैन। हामी प्रचण्डलाई यसरी जिताउने छौ कि अर्काेपटक प्रचण्डसँग काेही पनि चुनाव लड्ने अाँट नगरुन्।” भरतपुर १४ शिबनगरमा अायाेजित कार्यक्रममा कांग्रेसका स्थानीय नेताहरु गुमान बहादुर खड्का, लालबहादुर घिसिङ लगायतका ८९ जना कार्यकर्ता बाम गठबन्धनमा सहभागी भएका छन्।

हिजाे मात्रै नयाँशक्ति पार्टी नेपालको सिंगो जिल्ला समिति माओवादी केन्द्रमा प्रवेश गरेका थिए । 

नयाँशक्तिका केन्द्रीय परिषद सदस्य गोपाल परियार, हिमकला गैंरे र अमृत थिङ तामाङको नेतृत्वमा दुई सयबढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी आन्दोलन कमजोर हुँदा किसान, मजदुर, दलित, महिला, उत्पीडित समुदायका मुद्दा कमजोर हुने भएकाले एकतामा आउन सबैलाई आग्रह गरे ।

हिजो हामी कमजोर हुँदा संविधानमा समेत सबै मुद्दालाई संस्थागत गर्न नसकिएको बताउर्दै प्रचण्डले अब समाजवादको आधार निर्माण र क्रान्तिको तयारीका लागि सबै एक हुन पर्नेमा जोड दिए ।

कार्यक्रममा नयाँ शक्तिका नेताहरुले राष्ट्रिय पार्टीबाट मात्र समृद्धि र समाजवाद सम्भव भएको र चितवनबाट प्रचण्डलाई जिताएर देशको नेतृत्व लिन आफूहरु माओवादी केन्द्रमा आएको बताए ।

 

कमेन्ट गर्नुहोस्