Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

हत्यारा भन्दै प्रधानमन्त्री देउवा र रुकमाङ्गत कटुवालविरुद्ध मुद्दा दर्ता

काठमाडौं, कात्तिक १८ । प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालविरुद्ध ज्यान मारेको भन्दै मुद्दा दर्ता भएको छ ।  कालिकोटको कोटवाडास्थित निर्माणाधिन विमानस्थलमा मारिएका धादिङ जोगिमाराका मजदुरहरुका आफन्तले देउवा र कटुवालविरुद्ध मुद्दा दर्ता गरेका हुन् ।

शेरबहादुर देउवा प्रधानमन्त्री तथा रुक्माङ्गत कटुवाल त्यहाँ कार्यरत सेनाको गुल्म प्रमुख भएका बेला २०५८ फागुन ११ गते सेनाको कारबाहीमा ३५ जनाको मृत्यु भएको थियो ।

उक्त कारबाहीमा मृत्यु हुने मजदुरमध्ये १७ जना धादिङ जिल्ला स्थित जोगीमाराबाट काम गर्न गएका मजदुर थिए ।

घटनामा मारिएका मजदुरका आफन्तले सर्वोच्च अदालतमा २०५९ जेठ २७ गते नै सर्वोच्च अदालतमा उजुरी दिए पनि हालसम्म फैसला नभएको भन्दै अदालतमा पुनः ध्यानाकर्षण गराइएको जनाएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: