सबैभन्दा महँगो भारतीय चलचित्र बन्दै, अक्षयले ५५ करोड लिए

मुम्बई, कात्तिक १८ । निर्माणको अन्तिम चरणमा रहेको फिल्म ‘२.०’ अहिलेसम्मकै सबैभन्दा महँगो भारतीय फिल्म बन्ने भएको छ । रोबोटको सिक्वेलका रूपमा निर्माण गरिएको फिल्मको लागत चार सय पचास करोड भारु छ ।

फिल्ममा दक्षिण भारतीय महानायक रजनीकान्त हिरो छन् भने बलिउडका एक्सन स्टार अक्षयकुमार भिलेनका रूपमा देखा पर्ने भएका छन् । स्पेशल इफेक्टका लागि फिल्ममा पानीसरी पैसा बगाइएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । फिल्मका निर्देशक शंकर हुन् ।

याे पनि पढ्नुस  उद्योगपति विनोद चौधरीका छोरा बरुणको भव्य बिहे, ३५ जना पण्डित, चाँदीको मण्डप, सलमान खानदेखि पूर्व राष्ट्रपतिसम्म उपस्थित

अक्षयकुमारले यो फिल्ममा भिलेनको भूमिका निर्वाह गर्न ५५ करोड भारु लिएका छन् । उनले निर्वाह गरेको यो भूमिकाका लागि सुरुमा कमल हसन, ऋतिक रोशन र आमिर खानलाई आग्रह गरिए पनि उनीहरूले भिलेनका रूपमा अभिनय गर्न अस्वीकार गरेका थिए ।

त्यसपछि अक्षयले भारी रकम लिएर यो भूमिका स्वीकार गरेका हुन् । फिल्ममा नायिका बनेकी छन् एमी ज्याक्सन । रजनीकान्तसँग काम गर्न पाउनु नै आफ्नो अहोभाग्य रहेको बताएकी उनलाई पनि चार करोड पारि श्रमिक दिइएको छ ।

याे पनि पढ्नुस  आखिर किन यी सेलिब्रेटीले बौद्धधर्मलाई अपनाए ?

फिल्मका नायक रजनीकान्तलाई भने अक्षयको भन्दा कम पारि श्रमिक दिइएको छ । अहिले उनलाई पचास करोड दिइएको छ तर फिल्म ब्लकबस्टर भयो भने उनको पारि श्रमिक असी करोड पुग्ने सर्त राखिएको छ ।

फिल्मका निर्देशक शंकरलाई पच्चीस करोड दिइएको छ । संगीतकार एआर रहमानलाई पनि महँगो पारि श्रमिक दिइएको छ । २६ जनवरी २०१८ मा रिलिज हुने यो फिल्मका विभिन्न क्षेत्रको राइट्स पनि महँगोमा बिकिरहेको बताइएको छ। तर, यसको रिलिज डेट अझै पछि सर्ने सम्भावना रहेको पनि निर्माण कम्पनीले उल्लेख गरेको छ ।

याे पनि पढ्नुस  दीपिका पादुकोणलाई कपडाले धोका दिएपछि.... (हेर्नुहोस् भिडियो)

हालै १५ करोड खर्चेर दुबईको बुर्ज पार्कमा फिल्मको म्युजिक लन्च गरिएको थियो । कार्यक्रममा संगीतकार एआर रहमानले लाइभ म्युजिक प्रस्तुत गरेका थिए भने फिल्मका हिरो रजनीकान्त आफ्नो टिमसहित छुट्टै हेलिकोप्टर चढेर दुबई पुगेका थिए । एजेन्सी

कमेन्ट गर्नुहोस्