Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बाम गठबन्धनले दुईतिहाइ बहुमत ल्याउने प्रवासी मञ्चको दावी

युएई, कात्तिक १८ । नेकपा एमाले तथा माओवादी केन्द्र निकट प्रबासी भ्रातृ संगठनहरु प्रबासी नेपाली मञ्च युएई र नेपाली जनप्रगतिशिल मञ्च युएईले नेपालमा भएको बाम गठबन्धनको स्वागत र समर्थन गरेका छन ।

शुक्रबार संयुक्त बिज्ञप्ती जारी गर्दै यी दुई संगठनले राजनैतिक स्थायित्वको साथै बैदेशिक हस्तक्षेपलाई निरुत्साहित गर्नको लागि नेपालमा कम्युनिस्ट पार्टीहरुको एकता अपरिहार्य रहेकोमा जोड दिएको छन ।

प्रबासी नेपाली मञ्चका अध्यक्ष श्याम कंडेल र नेपाली जनप्रगतिशिल मञ्च युएईका कार्यबाहक अध्यक्ष बाबुराम विश्वकर्माद्वारा हस्ताक्षरित संयुक्त बिज्ञप्तीमा पार्टी एकता गर्ने उद्देश्यसहित भएको बाम तालमेल प्रकृयाले विश्व कम्युनिस्ट आन्दोलन र नेपाल राष्ट्रलाई २१ औ शताब्दीमा समाजबादको दिशामा डोर्याउने विश्वाश लिएको जनाईएको छ । नेपालका कम्युनिस्ट पार्टीहरुले बिगतका तिता घटनाहरुबाट सिक्दै एक भई अघी बढ्नु पर्ने बिज्ञप्तीमा बताईएको छ ।

बिज्ञप्तीमा बाम गठबन्धनमा उम्मेद्वारहरुलाई मतदान गरी संघीयसभा र प्रदेशसभामा बहुमतले बिजयी गराउन अपील समेत गरिएको छ । दुई संगठनका प्रतिनिधिहरु उपस्थित भएको सचिबालय स्तरीय बैठकले उक्त निर्णय गरेको हो । बिज्ञप्तीपछि संक्षिप्त प्रतिकृया दिदै कंडेलले बामपन्थी गठबन्धनले दुईतिहाइ बहुमत प्राप्त गर्ने विश्वास ब्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: