बिना भन्छिन–कञ्चनपुरको मुहार फेर्न मेरो उम्मेदवारी

कञ्चनपुर, कात्तिक १८ । नेकपा माओवादी केन्द्रकी नेतृ एवम् कञ्चनपुर क्षेत्र नंं. १ की प्रतिनिधि सभाका लागि वाम गठबन्धनकी सभ सदस्य उम्मेदवार विना मगरले जिल्लाको एकीकृत दिगो विकास, सम्बृद्धि र प्राप्त उपलब्धीलाई संस्थागत गर्नका लागि आफूले उम्मेदवारी दिएको बताएकी छन ।

माओवादी केन्द्रले निर्वाचन क्षेत्र नम्बर १ बाट विकासप्रेमी संघर्षशिल, जुझारु सक्षम महिला भन्दै बिनालाई प्रतिनिधीसभा सदस्यका लागि अघि सारेको हो । संयुक्त वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी बिना एक्लै प्रतिनिधीसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएकी छिन् ।

विद्यार्थीकालदेखि नै जनयुद्धमा होमिएकी ग्रामीण भेग पुर्नवासकी महिला बिना यस अघि विस २०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभा निर्वाचनमा समेत चुनावमा लडेकी थिइन् ।

‘मेरो उम्मेदवारी जनताको माग र आवश्यकता अनुसार परेको हो, ‘उनले भनिन्, ‘मलाई विश्वास छ, अवश्य पनि निर्वाचन क्षेत्र नम्बर १का आम जनताले मलाई साथ दिने छन् ।’

पराजित भएपनि बिनाले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ लगायत समग्र जिल्लाको विकास निर्माणमा भूमिका निर्वाह गरेकी थिईन् । जनताले आफ्नो काम र भूमिका आवश्यकताको मुल्याङ्गकन गर्दै चुनावमा होमिन प्रेरित गरेको बिनाको भनाई छ ।

याे पनि पढ्नुस  निर्मला हत्या प्रकरणः ‘धर्नास्थलमा नेताको ओइरो, प्रहरी भन्छ, अनुसन्धानमै छौँ’

‘मेरो उम्मेदवारी जनताको माग र आवश्यकता अनुसार परेको हो, ‘उनले भनिन्, ‘मलाई विश्वास छ, अवश्य पनि निर्वाचन क्षेत्र नम्बर १का आम जनताले मलाई साथ दिने छन् ।’

कञ्चनपुरको मुहार फेर्न आफुले प्रतिनिधीसभा सदस्यका लागि उम्मेदवारी दिएको उनको भनाई छ । उम्मेदवारी दिएसंगै बिना मतदाता माँझ गएकी छिन् । बिना माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारी हुन् ।कञ्चनपुरमा ९ पदका लागि ७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

याे पनि पढ्नुस  कञ्चनपुर बेलौरीको मेयरमा माओवादी, उपमेयरमा एमाले विजयी

कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आर्चायले तीनै निर्वाचन क्षेत्रबाट प्रदेश र प्रतिनिधीसभा सदस्यका लागि ७६ जनाले मनोनयन दर्ता गराएको बताए । उनका अनुसार निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधी सदस्यका लागि ९ र प्रदेशका क बाट ५, ख बाट १०, गरि २४ जनाले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधी सभा सदस्यका लागि १० र प्रदेश क बाट ७ ख मा ९ गरि २६ र निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधी सभा सदस्यका लागि १० र प्रदेश सभा क ७, ख ९ जना गरि २६ जनाले मनोनयन दर्ता गराएका छन् ।

याे पनि पढ्नुस  खानेपानी मन्त्रीद्वारा ७ वटै प्रदेशमा छानबीन समिति गठन

मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार कांग्रेस, वाम गठबन्धन, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनता पार्टी, नयाँ शक्ति पार्टी, राप्रपा, कांग्रेस प्रजातान्त्रिक (वीपी), विकेलशिल साझा पार्टी, एकीकृत राप्रपा, नेपाल दलित पार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय शिवसेना लगायत स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

कञ्चनपुरमा दुई लाख, ६४ हजार ९७३ मतदाता रहेका छन् ।

कमेन्ट गर्नुहोस्