प्रिमियर लिगमा लिभरपुलको जित, आज उपाधि दाबेदारहरु भिड्दै

काठमाडौं, कात्तिक १९ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले वेष्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ ।

वेष्ट ह्याम युनाईटेडको मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन मोहोमद सालाहले दुई गोल गरे भने जोएल माटिप र अक्सलेड चेम्बरलीनले एक–एक गोल गरे । जितपछि लिभरपुल प्रिमियर लिगको अंक तालिकामा ११ खेलबाट १९ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ ।

याे पनि पढ्नुस  अगुएरोको निर्णायक गोलले म्यान्चेस्टर सिटी विजयी

प्रिमियर लिगअन्तर्गत गएराति भएका अन्य खेलमा हडर्सफिल्ड टाउनले वेष्ट ब्रोमलाई १–० ले हराउँदा बर्नमाउथले न्यूकासल युनाईटेडलाई, बर्नलेले साउथह्याम्पटनलाई तथा ब्राईटनले स्वान्सी सिटीलाई समान १–० ले हराएका छन् । त्यसैगरी लेष्टर सिटी र स्टोक सिटीले २–२ गोलको बराबरी खेलेका छन् ।

याे पनि पढ्नुस  भारतलाई हराउँदै जित्यो पाकिस्तानले च्याम्पियन्स ट्रफी

प्रिमियर लिग फुटबलमा आज राति दावेदारहरुबीच भिडन्त हुँदैछ । आज चेल्सी र म्यान्चेस्टर युनाईटेड भिड्दा म्यान्चेस्टर सिटीले आर्सनलसँग खेल्नेछ । यसैगरी टोटनह्याम हट्सपरले क्रिष्टल प्यालेससँग खेल्दा एभर्टन र वाट्फोर्ड आमने–सामने हुनेछन् ।

कमेन्ट गर्नुहोस्