सत्ताको दवाव र प्रभावमा उम्मेदवारी खारेज : जोशी

तनहुँ, कात्तिक १९ । नेपाली र्काग्रेसका नेता एवम् पूर्व गृहमन्त्री गोविन्दराज जोशीले निर्वाचन आयोगले सत्ताको प्रभाव र दबाबमा परेर आफ्नो उम्मेदवारी खारेज गरेको आरोप लगाएका छन ।

आयोगले शनिबार आफ्नो उम्मेदवारी खारेज गरेपछि आइतबार पत्रकार सम्मेलन तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार कांग्रेस नेता जोशीले आयोगको निर्णयप्रति आपत्ति जनाएका छन् । नेता जोशीले आयोगको निर्णय अप्रजातान्त्रिक र असंवैधानिक भएको जिकीर गरे । साथ उनले आयोग स्वतन्त्र र निष्पक्ष नभई साथको दवाव र प्रभाव परी उम्मेदवारी खारेजीको निर्णय गरेको दावी गरे ।

आयोगको निर्णयले कानुनी शासनको उल्लघंन भएको टिप्पणी उनको छ । उम्मेदवारी रद्द गरेको बारेमा सन्चारमाध्यमबाट सुनेपनि आयोगले जानकारी नगराएको उनको भनाइ छ ।

आयोगको निर्णयविरुद्धमा के गर्ने भन्नेमा कानुनविदहरुसँग छलफल भइरहेको उनको भनाइ छ । आफूले टिकट नपाएपछि जोशीले सोही क्षेत्रमा उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका थिए ।

जोशीको उम्मेदवारीविरुद्ध पौडेलले दिएको उजुरीमा शनिबार ९हिजो० आयोगले उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो

कमेन्ट गर्नुहोस्