केही दिनअघि ठूलो आशा लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न आएका राउटेलाई उनले ‘राउटे न साउने भेट्दिन’ भन्दै भेट्न अस्वीकार गरेका थिए । सो कुरा थाहा पाएपछि माओवादी केन्द्रका युवा नेता टासी लाक्पा शेर्पा र विद्यार्थी नेता दीपेश पुनले उनीहरुलाई प्रत्येक घर दुई वटा ब्ल्यांकेट उपलब्ध गराएका हुन् । दीपेश पुन उपराष्ट्रपति नन्दबहादुर पुनका छाेरा हुन् ।
प्रधानमन्त्रीले व्यवास्था गरेपछि आफूहरुले प्रतिघर परिवार २ को दरले ४० घरलाई ब्ल्यांकेट उपलब्ध गराएको शेर्पाले जानकारी दिए ।
साथै उनीहरुले राउटेलाई काठमाण्डु आउने–जाने भाडासमेत उपलब्ध गराएका छन् । यसअघि पनि राउटे राजाको छोरा बिरामी हुँदा यी दुईले काठमाण्डु ल्याएर उपचार गरेका थिए ।
अखिल क्रान्तिकारीका उपाध्यक्षसमेत रहेका पुनले यसअघि प्रचण्ड सरकारका पालामा राउटेलाई सहयोग गरेको र सोही आश पोकेर उनीहरु यहाँसमम आएको बताए । साथै उनले पनि बेलाबेलामा सक्दो सहयोग गर्दै आएका छन् ।