सिन्धुलीमा जिप दुर्घटना, ४ जनाको मृत्यु

सिन्धुली,कात्तिक २०।  सन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

फिक्कल गाउँपालिका वडा नम्बर ५ पर्तिबेसीमा गएराति भएको सो दुर्घटनामा अन्य ७ जना घाइते भएका छन्। मृत्यु हुनेमा फिक्कलका ४० वर्षीय अमरबहादुर दर्लामी, ४० वर्षकै रामप्रसाद बराल, ५९ वर्षीय दीपबहादुर मगर र ६० वर्षीय  नरबहादुर बलम्पाकी रहेको सिन्धुलीका प्रहरी प्रवक्ता डिएसपी विनोद शर्माले जानकारी दिए।

याे पनि पढ्नुस  दुर्घटना कम गर्न अब सवारी चालकलार्इ अाराम गर्ने स्थल स्थापना

घाइते ७ जनालाई उपचारका लागि राति नै ललितपुरमा रहेको बिएण्डबी अस्पताल पठाइएको डिएसपी शर्माले बताए। भूकम्पको राहात रकम बुझेर फर्किएकाहरु चडेको बा७च ३६९५ नम्बरको जिप उकालो चढ्न नसकेपछि ब्याक गर्ने क्रममा दुर्घटना भएको हो। दुर्घटनामा सामन्य घाइते भएका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

याे पनि पढ्नुस  मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

कमेन्ट गर्नुहोस्