बस दुर्घटनामा परिवार गुमाएका झालाई आर्थिक सहयोग

राजविराज, कात्तिक २० । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ निवासी रमानाथ झालाई आइतबार तिलाठी कोइलाडी गाउँपालिकाले बस दुर्घटनामा अाफ्नो छोरा, बुहारीसहित परिवारका पाँच जना सदस्य गुमाएका कारण रु ५० हजार आर्थिक सहयोग गरेको छ ।

गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह र उपाध्यक्ष सुचीता यादवले तिलाठीस्थित झाको घरमा पुगेर रु ५० हजारको चेक हस्तान्तरण गरेको सो गाउँपालिकाले जनाएको छ ।

गत कात्तिक ११ गते राजविराजबाट काठमाडौँ जाँदै गरेको ना६ख १४६७ नंको सन्देश बस धादिङको त्रिशूली नदीमा दुर्घटना हुँदा झाको परिवारसहित सप्तरीका २६ जनाको मृत्यु भएको थियो ।

सो दुर्घटनामा परी उहाँका दुई छोरा ३८ वर्षीय सञ्जीतकुमार झा, ३३ वर्षीय अञ्जीतकुमार झा, बुहारी ३५ वर्षीया सिम्मीकुमारी झा, नाति नौ वर्षीय अभिनव झा र तीन वर्षीय प्रतीकको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: