Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

निर्वाचनपछि पार्टी एकता : ज्ञवाली

वाम गठबन्धनको काठमाडौं १ मा प्रचार कार्यालय उद्घाटन

काठमाडौ‌, कात्तिक २० । आसन्न निर्वाचनका लागि काठमाडौ‌ निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनले संयुक्त कार्यालय स्थापना गरी सोमबारबाट निर्वाचन प्रचार शुरु गरेको छ ।

बिजुलीबजारस्थित प्रचार कार्यालयको नेकपा एमाले उपाध्यक्ष युवराज ज्ञवाली र नेकपा माओवादी केन्द्रका लीलामणि पोखरेलले उद्घाटन गरे ।

सो अवसरमा उपाध्यक्ष ज्ञवालीले मुलुकको समृद्धिका लागि वाम गठबन्धनले विजय हासिल गर्नुपर्ने बताए । उनले वाम एकता अहिलेको आवश्यकता भएकाले निर्वाचनपछि पार्टी एकता हुने जनाए ।

केन्द्रका नेता पोखरेलले पार्टी एकताकै लक्ष्यसहित आफूहरुको चुनावी तालमेल गरिएको स्पष्ट गरे ।

गठबन्धनबाट सो क्षेत्रका प्रतिनिधि सभाका उम्मेदवार अनिल शर्माले बागमती र विष्णुमति नदीको प्रदूषण हटाइ स्वच्छ हराभरा क्षेत्र र अन्य विकासका कार्यक्रमका साथ आफू अघि बढेको बताए ।

सो क्षेत्रको प्रदेश क र ख का उम्मेदार विष्णुकुमारी भुषाल भट्टराई र गणेशप्रसाद दुलालले पनि आफूहरुको चुनावी अभियानमा समर्थन बढ्दो रहेको दाबी गरे । सो क्षेत्रको प्रचारका लागि श्याम तण्डुकारको संयोजकत्वमा समिति गठन गरिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: