Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कांग्रेसका नेता माओवादीमा प्रवेश

अब देश समाजवादको दिशामा : श्रेष्ठ

गोरखा, कात्तिक २१ । गोरखाको सुलिकोट–३ स्वारा खार्चोक भन्ज्याङमा आयोजित चुनावी सभामा नेपाली काग्रेस परित्याग गरि दुईजना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

स्वारा खार्चोकका काग्रेसका नेताहरू सिंहबहादुर बराम र आइतबहादुर विक सोमबार माओवादी केन्द्र प्रवेश गरेका हुन ।

नवप्रवेशीलाई माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले अबिरमाला लगाएर स्वागत गरे ।

स्वारा खार्चोक भन्ज्याङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले बामपंथीहरु कै कारण नयाँ संविधान बनेको बताउदै परिवर्तन, विकास र आर्थिक समृद्धिको लागि बामपंथीलाई जिताउनुको विकल्प नभएको बताए । वरिष्ठ नेता श्रेष्ठले नयाँ नेपाल निर्माण गर्न बामपन्थी उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

गोरखाका जनता बिच अहिले परिवर्तन, विकास र समृद्धि रोज्ने कि यथास्थिति रोज्ने ? दुई ओटा विकल्प रहेको बताउदै बामपंथी गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले बाम गठबन्धन लाई मतदान गरि बिजयी गराउन अपिल गरे ।

पुसमा कम्युनिष्ट सरकार बन्ने पक्का छ श्रेष्ठले भने, ‘अब देश समाजवादको दिशामा जान्छ ।’ बहुमत जनता कम्युनिष्ट भएको स्मरण गर्दै श्रेष्ठले बामपंथी एक नहुँदा देश विकास हुन नसकेको दावी गरे ।

सबै बाम एक हुदैछन अब गाउँमुखी विकास गर्छौ श्रेष्ठले भने, ‘म निर्वाचित भएपछि स्वारा, खार्चोक भन्ज्याङ क्षेत्रको मुख्य समस्या खानेपानी, बाटो, स्वास्थ, शिक्षाको समस्या समाधानको लागि पहल गर्छु ।

तत्कालीन जनयुद्धको आधार इलाका रहेको क्षेत्र स्वारा खार्चोकमा आयोजित चुनावी सभामा श्रेष्ठले गोरखा जिल्ला कम्युनिष्ट, क्रान्तिकारीहरुको लालकिल्ला भएको बताउदै स्वारा खार्चोकका जनताको शतप्रतिशत मत गोलाकार भित्रको हसिया हथौडामा छाप लाग्ने बिश्वास व्यक्त गरे ।

चुनावी सभामा नेकपा एमालेका नेता बिकलकुमार श्रेष्ठ, गोरखा जिल्ला क्षेत्र नम्बर दुईका प्रदेशसभा सदस्य उम्मेदवार अमर तमु, नेकपा माओवादी केन्द्रका सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्ट लगायतकाले सभालाई सम्बोधन गरेका थिए ।

भव्य र्याली र सास्कृतिक कार्यक्रम
सयौंको सङ्ख्यामा आएका बाम गठबन्धनका समर्थकहरुले कार्यक्रम शुरुहुनु अघि भव्य र्यालि निकालेका थिए । काफलडाडा बाट शुरु भएको र्याली कार्यक्रम स्थल पुगेको थियो ।

सांस्कृति कार्यक्रम
चुनावी सभामा गोरखा काठमाडौ सास्कृतिक मन्चका कलाकार हरुले गित सङ्गीत प्रस्तुत गरेका थिए भने चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) ले हास्यव्यङ्ग्य प्रहसन प्रस्तुत गरेका थिए ।

कलाकारको प्रस्तुतिमा सहभागी हरु छम छमी नाचेका थिए । उम्मेदवार र कार्यक्रमका अतिथिहरु समेत सहभागी सङ्गै कम्मर मर्काइ मर्काइ नाच्दा स्थानीय जनताले उम्मेदवारहरुको प्रसंशा गरेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: