माअाेवादी केन्द्रकी प्रवक्ता पम्फा आक्रामक चुनावी प्रचारमा !

 एघार सय ११ प्रचार समिति गठन
ललितपुर, कात्तिक २१ । चुनावको मिति नजिकिए सँगै ललितपुर क्षेत्र नम्बर ३ मा पम्फा भुसालले चुनावी अभियान तीव्र पारेकी छिन ।
बाम गठबन्धनकी साझा उम्मेदवार भुसालले सोमबार चुनाव प्रचारकै लागि एमाले, माओवादी र अन्य बाम गठबन्धन समेटेर एघार सय ११ सदस्यीय क्षेत्रीय निर्वाचन प्रचारप्रसार गठन गरेकी हुन् । संयुक्त निर्वाचन परिचालन समिति ललितपुरले मंगलबारबाट घरदैलो कार्यक्रम सुरु गर्ने पनि निर्णय गरेको छ ।

निर्वाचन प्रचार समितिमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य, क्षेत्रीय समिति, नगर वडाका पदाधिकारी तथा जबस मोर्चाका जिल्ला सदस्य क्षेत्रीय समिति, नगर÷गाउँ समिति, वडाका पदाधिकारी रहनेछन् । सो भेलाले चुनाव प्रसार प्रसार समितिको संयोजक एमालेको र सहसंयोजक माओवादी केन्द्रको रहने गरी निर्णय गरेको एमालेका प्रदेश सभाका उम्मेदवार जीवन खड्काले जानकारी दिए ।

एकदिन विराएर वडा नं. १, २, ३, ४, १० १८, २०, २१ २२, २५ गरी १० वटा वडामा घरदैलो कार्यक्रम संचालन हुने माओवादी केन्द्रका नेता हरि दाहालले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन उम्मेदवार तथा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सबै जनताको समस्या हल गर्नको लागि आफू लागि पर्ने बताइन । विशेषगरी चुनाव प्रचारमा सबै घरका जनताको जाने र जनताको समस्यालाई लिपिवद्ध गरेर समाधान गर्न पहल गर्ने बताइन ।

राष्ट्रिय राजनीतिमा प्रभावशाली भुसाल २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएकी थिइन ।

कमेन्ट गर्नुहोस्